अमरेश कुमार पाण्डे

शुक्रबार, आश्विन १५, २०७८ || 801  पटक पढिएको

बार । प्रदेश २ बारा जिल्लाको देवताल गाउँपालिका र सदरमुकाम कलैया नगरपालिक जोडने भैरा पसहा नदीको झोलुङ्गे पुल उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमका बीच गाउँपालिकाका मेयर चन्दन कुमार सिंहले सो पुलको उद्घाटन गरेको हो ।

१२७ मिटर लामो सो झोलुङ्गे पुल उद्घाटन भए संगै स्थानीयहरु खुशी भएका छन् । झोलुङ्गे पुल बनेपछी देवतालबाट दैनिक कलैया बजार आउ जाउ गर्ने किसान, बिद्यार्थी, कर्मचारी, दैनिक ज्यालादारी गर्ने आम सर्वसाधारणलाई अत्यन्तै सजिलो भएको राजबली प्रसादले बताए ।

तत्कालिन जिबिस बारा र देवताल गाउपालिकाको ५१ लाख को लागतमा ट्रेल बृज सपोर्ट युनिट तथा गाउँपालिकाको सन्युक्त लगानिमा सो झोलुङ्गे पुल निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले जानकारी दिए ।

आव २०६८÷०६९ मा शिलान्यास गरिएको भएपनी तत्कालिन ठेकेदारको टाट पल्टेको कारण आवश्यक सामग्री आपूर्ति नहुँदा सो पुल निर्माणमा ढिलाई भएको गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख ओलिक महमदले बताए ।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामपती देबि, प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साह लगायत वडा अध्यक्षहरु रामपुजन पण्डित, पन्नालाल साह, रमेश यादब, अमर प्रसाद नेपाली, मिश्रिलाल प्रसाद सहनी र लखिन्द्र प्रसाद यादबको उपस्थिती रहेको थियो ।

त्यसैगरी प्राबिधिक शाखा प्रमुख ओकिल महमद, योजना शाखा प्रमुख नासु अभिनन्दन कुमार गुप्ता, सुचना प्रबिधी अधिकृत मुकेश यादब, स्थानिय समाजसेवी जवाहिर अन्सारी, प्रसाद महतो, पुल उपभोक्ता निर्माण समितीका अध्यक्ष रामप्रवेश यादब, सचिव सन्जय पटेल सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!