हिपमत डटकम

बुधबार, आश्विन १३, २०७८ || 742  पटक पढिएको

विराटनगरका प्रतिष्ठित उद्योगपति स्वेचिछक कार्यकर्ता देवकिशन मून्दड़ा प्रबल जनसेवाश्री बाट सम्मानित हुने घोषण भए देखि हालसम्म बधाई तथा शुभकामना दिने क्रम जारी नै रहेको छ । यसै क्रममा विराट बहिरा मा. वि. विराटनगरले बुधवार एक कार्यक्रमको आयोजना गरी बधाई तथा अभिनन्दन गरेका छन् ।

कार्यक्रममा विराटनगरका पूर्व मेयर समेत रहनु भएका विराट बहिरा माविका अध्यक्ष रमेशचन्द्र पौडेलले मून्दडद्वारा गरिएको सामाजिक कार्यको चर्चा गरेका थिए । अध्यक्ष पौडेलले भने “उहाँले विद्यालयमा बालिकाहरुको निवासका लागि आवासीय व्यवस्था नभएको जानकारी प्राप्त भए पश्चात स्कुल व्यवस्थापन संग समन्वय गरी देबेनरा ग्रुप र विसाल ग्रुपको संयुक्त लगानीमा लगभग ५० बेड भएको २ तल्ले छात्रावास भवन निर्माण गराई विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गर्नु भएको हो ।”

विद्यालयका प्रधानाध्यापक मीनु अधिकारीले मून्दड़ालाई खादा ओढाई स्वागत गरेका थिए । उनले मून्दड़ाद्वारा वर्षेपिच्छे प्रप्त सहयोग बारे जनकारी गरएका थिए । प्र.अ.अधिकारीले देबेनरा मून्दड़ा परिवारले विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा, जुत्ता लगायत अन्य समयमा समेत आवश्यकता अनुसारको सहयोग गरेको जिकिर गरे ।

त्यस्तै कोशी बहिरा संघका पूर्व अध्यक्ष मोहन तिवारीले उहाँलाई बधाई दिंदै कोशी बहिरा संघको जग्गा खरिदमा समेत देवकिशन जीले आर्थिक सहयोग गर्नु भएको जानकारी दिए । उनले “देवकिशन जीलाई राष्ट्रद्वारा प्रबल जनसेवाश्री बाट सम्मानित हुने घोषण भएकोले हामी खुशी भएका छौ” बताए ।

त्यस्तै विपाशना केन्द्र ईटहरीका पूर्व अध्यक्ष प्रकाश भक्त जोशीले मून्दाड़ालाई बधाई दिंदै उहाँ विपाशना केन्द्र ईटहरीको संस्थापक समेत रहनुभएको बताएका थिए । उनले मून्दड़ाद्वारा हाल सम्म विपाशना कन्द्र ईटहरीलाई सहयोग प्रप्त भई रहेको जानकारी गरए ।

वल कक्षा देखि कक्षा १२ सम्म अध्ययन अध्ययापन हुने सो विद्यालयमा २० जिल्लाका १३० छात्र र ९० छात्रा सहित २२० जना छात्रछात्रा अध्ययन गरि रहेका छन् । त्यसमध्ये १८० जना छात्रछात्रा त्यहीं छात्राबासमा बसि रहेका छन् ।

सम्माननीय राष्ट्रपतिबाट असोज तीन गते संविधान दिवसको अवसरमा घोषण गरिएको मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित व्यक्तित्वहरुमा देवकिशन मून्दड़ाको नाम प्रबल जनसेवाश्रीको सूचीमा उल्लेख गरिएको छ ।

कार्यक्रममा विद्यालयका तारानाथ भट्टराई, जानुका पोखरेल, शोभा धमाल र कोशी बहिरा संघका अध्यक्ष सुनिता तिवारी लगायत विद्यार्थीहरुको उपस्थिती थियो । उहाँहरुले मून्दड़ाको योगदानको चर्चा गर्दै बधाई दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!