हिपमत डटकम

बुधबार, आश्विन १३, २०७८ || 909  पटक पढिएको

इनरुवा । सुनसरीको इनरुवामा सन्तावन्न युवा क्लव (५७ टोली) को नयाँ समिति गठन भएको छ । सन्तावन्न युवा क्लवका पूर्व अध्यक्ष सिताराम चौधरीको अध्यक्षतामा बुधबार इनरुवामा बसेको भेलाले सन्तावन्न टोलीको नयाँ कार्य समिति गठन भएको हो ।

सन्तावन्न टोलीका पुर्व अध्यक्ष चौधरीका अनुसार आफू अध्यक्ष पदमा नरहने गरी सर्वसम्मतबाट उक्त समितिको गठन हुन लागेको जानकारी दिए ।

सन्तावन्न युवा क्लव (५७ टोली) को नयाँ कार्य समिति अन्तर्गत अध्यक्षमा सत्य नारायण यादव, उपाध्यक्षमा अजय कुमार देव, सचिवमा विकेश मेहता, सह–सचिवमा मिन्टु खान, कोषाध्यक्षमा विवेक साह, सदस्यहरुमा जिवन मेहता, रामु साह, राज खान, पूजा साह, सोनी यादव, चन्दा चौधरी सर्वसहमतले चयन भएका छन् ।

नव गठित कार्य समितिका अध्यक्ष यादव सुनसरीको विभिन्न क्षेत्रमा सामाजिक र विकासका कार्यमा सक्रिय रहदै आएका छन । यस सन्तावन्न टोलीलाई पनि विकासको मार्गमा लैजान आफू तत्पर रहेको अध्यक्ष यादवले जिकिर गरे ।

अध्यक्ष यादवका अनुसार इनरुवा अस्पतालमा मौलाएको वेथितीलाई अन्त्य गर्न आन्दोलित बनेको इनरुवा अस्पताल सुधार संघर्ष समितिले उठाएका मागहरु जायज रहेको र उक्त मागहरु यथाशिघ्र सम्बोधन गर्नका लागि एक्यवद्धता समेत व्यक्त गरेका छन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!