बोस्टन । अमेरिका स्थित नेपाली राजदुतावासले अमेरीकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा २ दिने घुम्ती सेवा सम्पन्न गरेको छ । गैरआवासीय नेपाली सघ म्यासाच्युसेट्स, न्यु् ह्याम्सायर च्याप्टर तथा ग्रेटर बोस्टन नेपाली कम्युनिटिको सहर्कायमा राजदुतावासले शिविरको आयोजना गरेको हो ।

राजदुतावासले अमेरिकाको विभिन्न राज्यमा घुम्ती शिविर गर्दै आईरहेको अवस्थामा बोस्टनमा समेत शिविर संचालन गरिएको हो । नेपालीहरुलाई स्थानियस्तर बाटै छिटो सेवा प्रदान गर्न घुम्ती सेवा संचालन गरिएको गैरआवासीय नेपाली संघ म्यासाच्युसेट्स च्याप्टरले जनाएको छ ।

शिविरमा म्यासाच्युसेट्स, न्यु ह्याम्सार, रोड आईसल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट गरि ६ राज्यमा बसोवास गर्ने करिव २ सय बढी नेपालीहरुले प्रत्यक्ष सेवा लिएका गैरआवासीय नेपाली संघ म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामांगÞले जानकारी दिए । उनका अनुसार सेवाग्राहीहरुले राजदुतावास र एनआरएनएले सराहनीय कार्य गरेको प्रतिक्रिया व्यक्त गरेका छन् ।

शिविरमा राहदानी नविकरण, एकतर्फी यात्रा अनुमति पत्र, पर्यटन भिसा, कागजात प्रमणीकरण, अधिकृत वारेशनामा, एनआरएनए परिचय पत्र लगायतको सेवा प्रदान गरिएको छ । सेवाग्राहीहरुले घुम्ती शिविरले समयको बचत र राजधानी वासिडटन डिसि धाउनुपर्ने बाध्यता टरेको बताउदै दुतावासले विदेशमा समेत सरकार भएको आभास दिलाएको जनाएका छन् ।

अमेरिकाका लागी नेपाली राजदुत डा.युवराज खतिवडाले सो कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । शिविर बोस्टन स्थित आरलिन्टनमा सम्पन्न भएको हो । सो क्रममा राजदुत डा.खतिवडाले यस्ता शिविरहरु प्रभावकारी देखिएकाले दुतावासले क्यालेन्डर बनाएर सञ्चालन गर्ने योजना बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!