जुगेश दास

मंगलबार, आश्विन १२, २०७८ || 761  पटक पढिएको

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा नं. ५ का स्थानीय र गाउँपालिका अध्यक्ष रघुनन्द चौधरी बीच माँग बमोजिमको दशवटा विकास गर्नु पर्ने सम्झौता भएको छ । सोमवार सडक आन्दोलनमा उत्रिएका स्थानीयहरु बीच सो सम्झौता भएको हो ।

स्थानीय सरकारको काम काजको अवधि साढै चार बर्ष पुगेपनी बर्जु गाउँपालिकाका वडा न.५ मा खासै विकास नभएकोले स्थानीयहरु सडक आन्दोलन गरेका थिए ।

वडा नं. ५ स्थित टेंग्रा खोलानीर पुल र बाटोको अवस्था जीर्ण रहेकोले सडक दुर्घटना बढेको छ । दुई दिन अगाडी सोही ठाउँमा मोटरसाइकल दुर्घटनामा राजेश यादवको मृत्यु भएको थियो । यादवको मृत्यु पश्चात सोमबार वर्जु गाउँपालिका वडा न. ५ का आम जनताहरू सडक आन्दोलन गरेका थिए ।

आन्दोलन पश्चात स्थानीय र गाउँपालिका अध्यक्ष चौधरी बीच पुल माथिको बाटो समतल बनाई पिच, पुल देखि पूर्व पश्चिम आवश्यकता अनुसार बोल्डर हाली साँगुरो बाटोलाई चोडाई बनाई छेउमा सुरक्षाको व्यवस्था, सोलार बत्ती आवश्यकता अनुसार व्यवस्था, प्रहरी बिटको व्यवस्था, र साइनिङ बोडको व्यवस्था गर्नुपर्ने सम्झौता भएको छ ।

त्यस्तै खानेपानी ट्युबवेलको व्यवस्था, पुल देखि पूर्व पश्चिम झारहरुको सरसफाइ, आर्यघाटको व्यवस्था, मानिसहरु बस्ने टहराको व्यवस्था, बजरंगबली मन्दिरको स्थापना, सहितको जम्मा दशवटा सम्झौता भएको स्थानीय मनोज भोले यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!