हिपमत डटकम

मंगलबार, आश्विन १२, २०७८ || 455  पटक पढिएको

सोमबार बिहान काठमाडौँको आकाशमा दुई घण्टासम्म फनफनी घुमेको बुद्ध एयरको जहाज आज बिहानैबाट सञ्चालनमा आएको छ । बुद्ध एयरको 9N-ANI जहाजमा गडबडी नभएको पुष्टि भएपछि मंगलबार बिहानबाट सञ्चालनमा आएको हो ।

 

उक्त जहाज अवतरण भएपछि बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका थिए । निरीक्षणपछि जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको बुद्ध एयरको प्राविधिक टोलीले जनाएको छ ।

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेका कारण केही बेर समस्या आएको विमानस्थल स्रोतले बताएको छ । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!