रबिन्द्र बराल

सोमबार, आश्विन ११, २०७८ || 413  पटक पढिएको

आर्थिक अभावका कारण देवाराज लाई आफ्नो ४ बर्षका छाेरा लाई उपचार गराउन सकेका छैनन् ।

रंगेली नगरपालिका ३ स्थित भलुवा झाेडा मा १० बर्ष देखि १५ घुर अैलानी जग्गामा बसाेवास गर्दे आईरहेका देवराज मंण्डल का ४ बर्षका छाेरा २०७४ भाद्र १ गते जन्मिएका बिक्रम जन्म जातै उनको मलद्वारा नरहेको र टालिएकाे अवस्थामा जन्म भए पछि अहिले आर्थिक अभावका उनको सल्यक्रिया हुन नसक्दा अहिले पेट काे साईडमा प्वाल पारेर मलद्वारा जाने ठाउँ बनाएर जीवन र मरण काे अवस्थामा बाच्न बाध्य रहेका छन ।

४ बर्ष देखि उनी पेटमा घाउ लिएर बस्न वाध्य रहेका छन ।सानाे झुपडी घरमा दुख सुख गरेर देवराज, उनको श्रीमती , ३ छाेरी सहित साेहि घरमा बसाेवास गर्दे आईरहेका छन । आर्थिक अभावकै कारण उनको तीनवटा छोरी हरु लाई पठनपाठनका लागि कपी कलम किन्नेर दिने अवस्था नभएको हुनाले छाेरी हरु समेत बिधालय जान नमान्ने गरेको आमा पिङ्कि देवि ले बताईन ।

अहिले छाेरा काे उपचारका लागि आफु हरु ले जन मजदुरी गरेर थाेरै रकम जम्मा गरेर उपचार गराै भने त्याे पनि बचत नहुने गरेको र घर खर्च समेत चलाउन हम्मेहम्मे परेको र टिचिङ अस्पतालमा काठमाडौ मा ४ लाख रुपैयाँ खर्च गरिसककाे भएता पनि उनकाे उपचार मा भने कुनै सुधार नआएको बरु ऋिण मात्रै भएको उनलेे बताईन । छाेरा काे उपचारका लागि जीवन बिकास बाट २ लाख ५० हजार रुपैयाँ , फरवड बैक बाट १ लाख रुपैयाँ र गाउँ घर मा १ लाख ऋिण भएको भएता पनि त्याे ऋिण समेत तिर्न अवस्था नरहेकाे पंकी ले बताईन ।

बैक बाट साता ,साता दिनमा ७ हजार रुपैयाँ व्याज लिनका आउने गरेको भएता पनि आफुले साे ऋिण समेत तिर्ने नसकेकाे र आफू हरु लाई दुई छाक टार्ने समेत समस्या परिरहेको र छाेरा काे उपचारका लागि आर्थिक नहुदा अझै चिन्ता लागिरहेको उनलेे बताईन ।

रंगेली नगरपालिकाले सहयोगका लागि भन्दै ५ हजार रुपैयाँ दिएकाे र बडा कार्यालय ३ का वडा अध्यक्ष जितनारायण खवास ले वडा कार्यालयकाे लेटर प्याडमा गाउँ घर तथा सहर बजारमा गएर आर्थिक सहयोग गर्ने का लागि पत्र समेत दिएर पठाएको देवराज ले बताए । उनलेे भने ३ लाख रुपैयाँ सङ्कल गर्ने का लागि आफू कुन गाउँ र कुन सहर मा गएर रकम सङ्कल गर्नु भन्दै बिलाैना गरिरहेका छन ।

डाक्टर काे सल्लाह अनुसार एनल स्टेनाेसिस गरिएको ठाउँमा दैनिकी ३ देखि ४ पटक सम्म सर्जिकल पंजा लगाएर घाउ सफा गर्नुपर्ने भएता पनि आर्थिक अभाव भएकै कारण सर्जिकल पंजा समेत किन्न पैसा नहुदा साे घाउ सफा गर्ने १० दिन मा एक पल्ट मात्रै सफाइ गर्ने गरेको बुबा देवराज ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!