पोखरा । पोखराको फेवातालमा एक जना पुरुषले आत्महत्याको प्रयास गरेका छन् । पोखरा महानगरपालिका वडा न ६ मा रहेको फेवातालमा आज एउटा अनौठो घटना घटेको छ । एकाबिहानै अन्दाजी ७ बजेको समयमा एकजना पुरुष एक घण्टा सम्म बराहीघाटमा बस्छन र केहि समयमा उनी एक्कासी दकुरेर फेवातालमा हाम्फराल्दै गर्दा नेपाली सेना ,शसस्त्र प्रहरी र डुंगा चालकहरुको सहयोगमा उनलाई उद्दार गरिएको छ ।

बाराही घाटमा डुंगा व्यवसाय संचालन गर्दै आएका डुंगा व्यवसायीहरुका अनुसार धादिङ्ग घर बताउने अन्दाजी ३० वर्षका पुरुष हिजो धादिङ्ग देखि पोखरा आएका थिए । हिजो नै उनी पोखराको एक होटलमा कोठा लिएर बसेका थिए भने हिजो मात्रै पनि उनी बाराही घाटमा आएर केहि समय टोलाउदै बसेका थिए ।

एकजना डुंगा व्यवसायीका अनुसार उनी हिजो बाराही मन्दिरमा पुगेर दर्शन पनि गरेका थिए । पोखरामा बिगत लामो समय देखि बन्द रहेको डुंगा व्यवसाय यति बेला खुलेको छ । लकडाउन खुले संगै पोखरामा पछिल्लो समय आन्तरिक पर्यटनको घुइचो लाग्न थालेको छ । त्यस्तै उनी पनि पोखरा घुम्न आएका हुनसक्ने सोच्दै मानिसहरुले उनी भएको तिर त्यती ध्यान दिएनन ।

हिजो राम्रो संग मन्दिरमा दर्शन गर्न गएका उनी आज बिहान एक्कासी मर्ने सोच बनाएर फेवाताल आए । फेवातालमा आज बिहान मात्रै एक घण्टा भन्दा बढी बिताएका उनले एक्कासी दकुर्दै आफ्नो ज्यान फेवातालमा फाल्ने विचारका साथ् बाराही घाटमा आएका रहेछन ।

केहि समय डुंगा व्यवसायीले सामान्य रुपमा घुम्न आएका होलान भनेर वास्ता नगरेको भएपनि उनी एक्कासी डुंगामा छाडेर टाउको फेवाताल तिर घोप्टे बनाएपचि आत्महत्या गर्न लागेको शंका गरेका थिए ।

अन्तत उनले फेवातालमा आफ्नो ज्यान फाल्ने प्रयास गरेपछि उद्दारको लागि तयार रहेको नेपाली आर्मीको टोली ,शसस्त्र प्रहरी र डुङ्गा व्यवसायीको पहलमा उनलाई जिवितै उद्दार गरिएको हो । उद्दार पश्चात उनलाई वडा प्रहरी कार्यालय बैदामको पहलमा उनलाई प्रहरी कार्यालय लगिएको थियो ।

आफुलाई जिन्दगीमा एक्लो अनुभव भएको र बिभिन्न रोगहरुले समस्या बनाएको बताउने युवालाई किन यस्तो गर्नु भयो भनेर सोधपुछ गर्दा उनी आफु रोगी भएको र एक्कासी आफुमा बेला बेला यस्तो सोच आउने ,निराशा लाग्ने भएपछि आफु पोखराको फेवातालमा गैर ज्यान फाल्ने निरय्का साथ् फेवातालमा आएको बताएका छन् ।

हेर्नुहोस घटनास्थलमा पुगेर हामीले एउटा रिपोर्ट तयार पारेका छौ कसरी गरियो फेवातालबाट मानिसको जिवितै उद्दार ?हेर्नुहोस भिडियो सहित

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!