काठमाडौं। भोइस अफ नेपाल सिजन – ३ कि सेमी फाइनलिस्ट प्रतियोगी अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ।

यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ। गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ।

भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन्। सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन्।

भिडियोमा संजु थलाङको मेकअप रहेको छ। हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो।

‘राज लिम्बु अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

साथै छिट्टै मेल भर्सनमा समेत सार्वजनिक हुने तयारी रहेको बताइएको छ। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!