हिपमत डटकम

आइतबार, आश्विन १०, २०७८ || 357  पटक पढिएको

बर्दिया, बारबर्दिया नगरपालिका-९ बनगाईस्थित बवई सिंचाईको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २० वर्षीय विशाल थारु र २१ वर्षीय सुरेश थारुको शनिबार दिउँसो मृत्यु भएको छ ।

त्यसैगरी सप्तरी, शम्भुनाथ नगरपालिका-१२ अर्नाहा टोल बस्ने महान्द शरदारको छोरा अन्दाजी २ वर्षीय राम पुकार शरदारको आफ्नै घर पछाडी रहेको पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

त्यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित पोखरीमा डुबेर काठमाडौं महानगरपालिका-१५ स्वयम्भु बस्ने धादिङ घर भएकी मनिका बोहोराको छोरा ४ वर्षीय अमन बोहोराको शनिबार साँझ मृत्यु भएको छ ।

खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको सुमेरु अस्पताल धापाखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!