हामीले धेरै जसो खानाको स्वाद बढाउनका लागि लसुनको प्रयोग गर्ने गरिन्छ । लसुनको पातदेखि यसको केस्रासमेतले तरकारीको स्वाद बढाइदिन्छ । यसको सुगन्धले समेत तरकारीलाई थप स्वादिष्ट बनाउँछ । लसुनमा पाइने एलिसन र एजोइन साथै आर्गोसल्फर यौगिकका कारण शरीरलाई मजबुत बनाउँछ .
लसुनलाई तरकारीको स्वाद बढाउनका लागि मात्रै होइन यसको सेवनले लामो समयसम्म औषधिको रुपमा प्रयोग गर्न पनि सकिन्छ । यसको प्रयोग बिहान गर्दा सबैभन्दा बढी उपयोगी हुन्छ ।
अब जानौं बिहान खाली पेट लसुन सेवनको फाइदा ।
कसरी खाने ?
लसुनको दुई वटा केस्रा लिएर त्यसको बा’हिरको बोक्रा फाल्ने र थिचेर खाली पे’टमा पानीसँग खाने । खाली पेटमा दुई केस्रा भन्दा बढी लसुन खानुहुँदैन । तर, तपाईंमा वाकवाकी लागेमा, कब्जियत भएमा लसुनको सेवन नगर्नुस् । गर्भव:ती महिला, बच्चा, मधुमेह, न्यून रक्तचाप र स्तनपान गराइरहेकी महिलाले पनि खाली पेटमा यसको सेवन गर्न हुँदैन ।
के छ फाइदा ?
काँचो लसुन मुख गन्हा’उने र पेटमा जलन पैदा गर्ने कारक तत्व बन्न सक्छ । तर यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । यसमो क्या’लोरीको मात्रा कम र भि’टामिन सी, भिटामिन बी६ र म्याग्नी’जले भरपुर हुन्छ ।
यसमा भएको सल्फर यौगिकका कारण यो निकै फाइदाजनक हुन्छ । लसुन चपाउने, काट्ने र थिच्ने समयमा यसमा भएको यौगिक निस्किन्छ । र उक्त यौगिक पाचन नली हुँदै शरीरमा प्रवेश गर्छ । शरीरमा प्रवेश गरेपछि लसुनमा भएको यौगि’कले बायोलोजिकल प्रभाव पार्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन- दिनमा ४ देखि ५ केस्रा लसु’नको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । चिसो मौसममा यसको सेवन अत्यन्त जरुरी हुन्छ । यसमा भएको यौगिक र स्वतन्त्र रेडिकल्स र रोगको कारण बन्ने विभिन्न प्रकारका जिवाणुसँग लड्न मद्दत गर्छ । थिचेको लसुनमा एलिसन हुन्छ जसले स्वास्थ्यमा आन्तरिक रक्षा तन्त्र बढाउँछ ।
पेटको स्वास्थ्यका लागि – पेट स्वस्थ हुनु र मोटोपनमा कमी आउनु दुवै एक अर्कासँग सम्बन्धित हुन्छन् । आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्यामा कमी गर्न लसुन निकै फाइदाजनक हुन्छ । पेटसँग सम्बन्धित विभिन्न सम’स्या कम गर्न लसुनको प्रयोग गर्नुपर्छ ।
शरीरलाई डिटोक्स गर्न
काँचो लसुनको सेवनले शरीरलाई डिटोक्स गर्छ । काँचो लसुनले शरीरबाट टोक्सिन्स निकाल्छ । लसुनमा हुने सल्फाइड्राइल यौगिकले शरीरमा भएको दुषित अंश हटाएर मधुमेह, डिप्रेशन र क्यान्सर जस्ता समस्या हुनबाट बचाउँछ
छालाका लागि फाइदाजनक
सुख्खा छाला र चिलाउने समस्यामा लसुन फाइजनक हुन्छ । खाली पेटमा लसुनको सेवन गर्दा कोमल छाला र सफा छाला बनाउँछ ।