अमेरिकाका पूर्व राजदूतकी छोरीको छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएपछि उनलाई पक्राउ गरिएको छ । २७ वर्षे सोफिया नेग्रोपोन्टोलाई बिहिबार राती पक्राउ गरिएको हो । पुलिसका अनुसार उनले २४ वर्षे युसुफ रासमुसेनलाई विवादका बीच छुरामार्फत् हमला गरेकी थिइन् । वेस्ट मोन्टगोमेरी एभेन्यूको ४०० ब्लकमा रहेको घरभित्र उनीहरुको विवाद भएको थियो । नेग्रोपोन्टे जोन नेग्रोपोन्टेकी छोरी हुन् । जोन सन् २००७ – २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा संयुक्त राज्य अमेरिकाको उप–सचिवको रुपमा कार्यरत रहे । यसका साथै उनले विभिन्न देशका राजदूतको रुपमा पनि कार्यभार सम्हालेका छन् । मोन्टगोमेरी काउन्टी पुलिस र रकभिल पुलिसले बिहिबार राती करिब सवा ११ मा छुरा प्रहारसम्बन्धि जानकारी पाएको बताए । अधिकारीले रासमुसेनलाई गहिरो चोटसहित घरभित्रै पाएका थिए । रासमुसेनको घटनास्थलमा नै मृत्यु भएको पुलिसले जानकारी दिएको छ । उनको शवलाई मेरिल्याण्डको चिफ मेडिकल इक्जामिनरको अफिसमा पोष्टमार्टमको लागि राखिएको छ । सोफियालाई प्रथम श्रेणीको हत्याको आरोपमा पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!