खबर ठुलो छ

काठमाडौ । चर्चित गायक नरेश जोगी र चर्चित गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक भएको छ । पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन् ।

यस म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र कविता राय फिचर्ड छन् । पल र कवितासंगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ ।

थारु भाषाको ‘ओ सजन’ गीतको म्युजिक भिडियोमा पलले थारु भाषामा संवादपनि बोलेका छन् । विभिन्न भाषा, भेषभुषाको कामबाट दर्शकलाई म्युजिक भिडियोमा जोडिरहेका पलले फेरी आफ्ना दर्शकलाई फरक टेस्ट दिएका छन् । यस गीतको भिडियोको बारेका बोल्दै पलले भने ‘मलाई नेपालको सबै जातिको भाषा र भेषभुषामा काम गर्ने मन छ ।’

बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ ।

म्युजिक भिडियोमा पल र कविताको जोडी पनि जमेको छ । यो म्युजिक भिडियोको छायांकन अभिनेता पल शाहकै गृह जिल्ला दाङमा भएको थियो । यस म्युजिक भिडियोमा अर्जुन तिवारीको टिमको सिनेमाटोग्राफी रहेको छ ।

सम्पादन र कलर मिलन बिश्वकर्माको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया