सानेपा हत्याकाण्डका मृतक मुना कार्की र विजय चौधरीको पोष्टमार्टम रिपोर्ट आएको छ । शुक्रबार तयार भएको पोष्टमार्टम रिपोर्ट अनुसार मुना कार्की र विजय चौधरी दुवैको घाँटी कसिएर मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता समेत रहेका डिएसपी सन्तोष तामाङका अनुसार मृतक मुना कार्कीको घाँटी अत्याधिक कसिएर मृत्यु भएको हो । सीसीटीभीमा पनि घरेलु कामदार विजय चौधरीले मुनाको घाँटी कसेको देखिएको छ । तामाङका अनुसार विजय चौधरीले आत्महत्या गरेको पुष्टि भएको छ । पोष्टमार्टमले पनि उनी झुण्डिदा घाँटी कस्सिएर मृत्यु भएको देखाएको उनको भनाई छ । घटनामा कुनै यौन दुव्र्यवहारको संकेत नपाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टममा दुव्र्यवहारका कुनै प्रमाणहरु फेला परेन । सोमबार घरेलु कामदार विजय चौधरीले पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या गरेका थिए । हत्यापछि अनेकन शंका आशंकाहरु उब्जिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!