हिपमत डटकम

सोमबार, आश्विन ०४, २०७८ || 463  पटक पढिएको

एजेन्सी । रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला सत्तारुढ दलले निर्वाचनमा आफ्नो दलले दुई तिहाई ल्याउने दावी गरेको हो । सत्तारुढ दलका महासचिव आन्द्रेई तुर्चाकले कुल ४५० मध्ये ३१५ सिटमा आफ्नो पार्टीले जित्ने सोमबार पत्रकारहरुसँग बताए । रुसमा नयाँ संसद गठनका लागि भएको तीन दिने संसदीय निर्वाचन गत आइतबार सकिएको हो ।

निर्वाचन शान्तिपूर्वक, निष्पक्ष र धाँधलीसहित तरिकाले सम्पन्न भएको पनि उनले दावी गरे । विदेशी सञ्चारमाध्यमहरूले वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले नै यस पटकको संसदीय निर्वाचन जित्ने उल्लेख गरेका छन् । निर्वाचनपछि मतदाताहरूसँग गरिएको सर्वेक्षणले सत्तारुढ दलले नै जित हासिल गर्ने देखाएको हो ।

धाँधली भएको आरोप लगाउनेहरूले भने निर्वाचनका बेला फर्जी मतदान भएको र धेरैलाई जबरजस्ती मतदान गराइएको दावी गरेका छन् । उनीहरुले निर्वाचन निष्पक्ष नभएको बताएका छन् । पुटिन शासनको आलोचना गर्नेहरूलाई निर्वाचनमा उम्मेदवार बन्न समेत रोक लगाइएकाले धाँधली भएको आरोप लगाउनेहरूलाई बल पुगेको छ ।

जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेतलाई निर्वाचनमा उम्मेदवार बन्न निषेध गरिएको थियो । कुल १४ वटा दल सहभागी भएको उक्त चुनावका लागि कतिपय ठाउँमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो ।

रुसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भएपनि ठूला घटना तथा अवरोधहरू भने नभएको जनाइएको छ । विपक्षीहरुले निर्वाचनमा धाँधली भएको आरोपहरूलाई निर्वाचन आयोगले भने अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!