शुक्रबार, फाल्गुण ०२, २०७६ || 817  पटक पढिएको

थरुहट थारुवान राष्ट्रिय मोर्चाले शुक्रबार धनगढीमा सडक अवरुद्ध गरेका छन् । रेशमलाल चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्न माग राख्दै मोर्चाले धनगढीको क्याम्पस रोडमा आधा घण्टा सडक अवरुद्ध गरेका हुन् ।

शनिबार सोही ठाउँमा तीन घण्टा चक्काजाम गरिने मोर्चाका माधव थारुले बताए । उनले माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने उल्लेख गरे ।

उनले टीकापुर घटनाको झूठा मुद्दा लगाएर आजीवन कैद सजाय सुनाइएका रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई तुरुन्त रिहाइ गर्नु पर्ने बताए ।

मोर्चाले टीकापुर मुद्दा खारेज गर्नु पर्ने, टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देविराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेको छ । उनीहरुले संविधान संशोधन गर्नु पर्ने समेत माग गरेका छन् ।

संविधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ प्रति मोर्चाको असहमति जनाउँदै आएको छ । यस्तै, भदौ ७ गतेको टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक प्रतिष्ठानलगायतमा आगजानी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्नु पर्ने माग अगाडि सारेको छ ।

टीकापुर घटना राजनीतिक भएकाले यसको समाधान राजनीतिक रुपमा नै हुनु पर्ने मोर्चाको माग छ । माग पूरा गराउनका लागि मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले धनगढीको क्याम्पस रोडमा आमरण अनशन पनि थालेका छन् । थारु अनशन बसेको ठाउँमा नै चक्काजाम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!