हिपमत डटकम

आइतबार, आश्विन ०३, २०७८ || 935  पटक पढिएको

लामो समय देखि आधुनिक गीत गायन क्षेत्रमा सक्रिय रहँदै आएका गायक कौशलराज खड्काको आवाजमा रहेको ‘तिम्रो काखमा’बोलको गीत सार्वजनिक भएको छ ।

मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको यस गीतको शब्द रिता भण्डारीको रहेको छ भने मोडल गणेश हमाल र गरिमा शर्माको अभिनय रहेको छ । त्यस्तै यस गीतमा मनोज चौलागाइको संगीत तथा एरेञ्ज रहेको छ ।

दर्जनौं गीतहरुमा स्वर भरीसकेका खड्काको स्वर रहेको यस गीतलाई युट्युव तथा टिकटकमा धेरै दर्शकहरुले रुचाएका छन् । गीतमा एउटा प्रेमी, प्रेमीका बिचको मायालाई शब्द र संगित मार्फत व्यक्त गर्न खोजिएको छ ।
सियोन श्रेष्ठले निर्देशन गरेको सार्वजनिक यस गीतलाई अनिल रानाले सम्पादन गरेका छन् ।

यस गीतको भिडियो ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!