हिपमत डटकम

शुक्रबार, आश्विन ०१, २०७८ || 489  पटक पढिएको

विराटनगर । मोरङ क्षेत्र न. ४ को सदस्यता बिबाद उग्ररुप लिएको छ । कांग्रेस केन्द्रिय सदस्यता कार्यसम्पादन समितिले मोरङको नयाँ क्रियाशिल सदस्य सार्वजनिक गरेपछि सो बिबाद चुलिएको हो ।

क्षेत्र नं. ४ को वडा न. ३, वडा न. १९ र ग्रामथान ७ को काँग्रेस बुथ समितिले सिफारिस गरेको भन्दा अन्य क्रियाशिल सदस्य केन्द्र बाट थपेर पठाएको पाईएपछि सदस्यता बिबाद उग्ररुप लिएको छ ।

क्षेत्रीय सभापती विनोद बस्नेतको नेतृत्वमा कांग्रेस पार्टी कार्यलय पुगेको टोलिले प्रक्रिया मिचेर केन्द्रबाट थपेको क्रियाशिल सदस्यता खारेज हुनुपर्ने माग गरेका छन्।
कांग्रेस मोरंङ सभापती डिग बहादुर लिम्बु र सचिब नागेश कोईरालालाई विहीवार भेटेर बस्नेत नेतृत्वको टोलिले प्रक्रिया मिचेर केन्द्रबाट थपिएको क्रियाशिल सदस्यता खारेजको माग गरे ।
क्षेत्रीय सभापति बस्नेतले भने, “प्रक्रिया मिचेर केन्द्रबाट थपीएका सदस्यहरु खरेज गरौ हैन भने निर्वाचन स्थगीत गरौ यस्तो तरिकाले निर्वाचनमा जान सकिन्न,।”

सो टोलिमा कांग्रेस माहासमिति सदस्य विश्वनाथ रिजाल, कांग्रेस जिल्ला सदस्य सुबोध निरौला, विराटनगर १९ का बुथ समिति अध्यक्ष शेषराज राजवंशि, ग्रामथान गाँउपालिका वडा न. ७ का बुथ समिति उपाध्यक्ष लगायतको सहभागिता थियो । कांग्रेसको वडा सम्मेलन असोज ५ गते हुदै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!