हिपमत डटकम

शुक्रबार, आश्विन ०१, २०७८ || 357  पटक पढिएको

कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह ‘ओकिली’का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सरिताको दिदी…’ शीर्षकको गीत सार्वजनिक गरेका छन्।

गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हुन् ।

राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ । सन्तोष भुजेलको कोरियोग्राफी,शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।

३ दशक देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अनीश ओकिली एक परिचित नाम हो । उनको ‘मेरी ओकिली ‘, ‘ गुलाबी जाडो ‘, ‘झ्यालबाट हेरी” लगायतका चर्चित गीतहरू रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!