जुगेश दास

शुक्रबार, आश्विन ०१, २०७८ || 590  पटक पढिएको

युवा नेता सुदीप अधिकारीले नेपाली कांग्रेसको आसन्न १४ औँ महाअधिबेशनका लागि रामधुनी नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनी सानै उमेर देखी नेपाली काँग्रेसको राजनीतिमा उदाएका वर्तमान नगर सभापति सुदीप अधिकारी पुनः सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समय देखी आफूले नेपाली काँग्रेसको राजनीति भित्रीरुपमा नियालेको र साबिकको सबै गाविसमा कम्युनिष्टको गढ भनेर चिनिएको स्थानमा आफ्नो नगर सभापतिको नेतृत्व पाए पछि नगरमा नगर प्रमुख मेयर सहित १६ जना जनप्रतिनिधि जिताउन सफल भएको उनले दाबी छ ।

नगरमा काँग्रेसलाई जगाउन आफूले एक कार्यकाल सभापतिको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिसकेकाले काँग्रेसलाई बलियो बनाउन आफ्नो पुनः उम्मेदवारी घोषणा गरेको अधिकारी बताए ।
उनले हिपमतडटकमसँग कुरा गर्दै भने ‘ लामो समय देखी आफू पार्टीको सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको भासी गाउँ इकाई सभापति र एक कार्यकाल नेपाली काँग्रेसको नगरसभापती समेत चलाइ सकेको र पार्टीका तर्फबाट निरन्तर विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा प्रतिनिधित्व गर्दै पार्टीको मूलधारको राजनीतिमा सक्रिय रहँदै आएकोले पुनः सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

पार्टीमा सक्रिय रहने क्रममा १४ औँ महाधिवेशनमा चुनिने नेतृत्व र रामधुनी नगरको नेतृत्वले नेपाली काँग्रेसलाई जनताका माझमा अझ सशक्त सङ्गठनको रूपमा स्थापित गर्ने योजनाका साथ उम्मेदवारी दर्ता गर्न लागेको उनले बताए ।

उनले भने आफू पुनः सभापति भएमा काँग्रेसमय रामधुनी नगर बनाउने र आउने चुनावमा स्थानीय, प्रदेश र केन्द्रको चुनावमा बहुमतका साथ पार्टीलाई विजय गराउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!