जुगेश दास

बिहिबार, भाद्र ३१, २०७८ || 1079  पटक पढिएको

सुनसरी । नेपाली काँग्रेसको आसन्न १४ औं महाअधिबेसनमा सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ बाट संघिय क्षेत्र सचिब पदमा धिरज भट्टराईले बुधबार आफ्नो उम्मेदवारी घोष्णा गरेका छन् ।

पछिल्लो समय युवा नेता धिरज भट्टराई सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा आफ्नो पकड जमाउन सफल भएका कारण क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोष्णा गरेको हो ।

उनले आफ्नो फेसबुकको स्टाटस मार्फत वडा तहबाट निर्वाचित हुनु हुने सम्पूणर् क्षेत्र प्रतिनिधि एवं पदाधिकारीहरुलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ बाट संघिय क्षेत्र सचिब पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

यता नेपाली काग्रेँस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव द्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा उल्लेख भएअनुसार आउँदो असोज १५ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तय भएको उल्लेख छ ।

सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ बाट संघिय क्षेत्र सचिबमा भट्टराईले उम्मेदवारी घोषणा गरेपछि युवाहरुको अनुहारमा खुशयाली छाएको सुनसरी बहुमुखी क्याम्पस इनरुवाका ने वि संघका इकाई सभापति सेराज हुसेनले जानकारी दिए ।

उता नेविसंघका इकाई सभापति हुसेनले भने सुनसरीमा स्थानीय युवा नेताको खाचोँ रहेको कारण नेपाली काग्रेँसको १४ औं महाअधिबेसनमा सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ बाट संघिय क्षेत्र सचिब पदमा युवा नेता धिरज भट्टाईको उम्मेदवारी घोषणा भएसँगै युवाहरु माझ खुशयाली छाएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!