हिपमत डटकम

बिहिबार, भाद्र ३१, २०७८ || 366  पटक पढिएको

गायिका प्रतिमा केसीको नयाँ गीत ‘भन्देउ हजुर’ सार्वजनिक भएको हो । ‘भन्देउ हजुर’को भिडियो आहा टिभी युट्युब च्यानलबाट सर्वाजनिक भएको हो। गीतमा प्रतिमालाई राग पौडेलले साथ दिएका छन् । सिएल शर्माको संगीत रहेको गीतमा संजीव बरालीले एरेन्ज गरेका छन्।

गायिका प्रतिमाको यो दोस्रो गीत हो । यसअघि उनले प्रविण बेडवालसँग ‘माया लाइसक्यो’ गीत ल्याएकी थिइन् । प्रतिमाका ‘आमा’, ‘लजाएर लुकी लुकी’, ‘रिम झिम’, ‘उड्ने पिलेन’ गीत बजारमा ल्याउने तयारीमा छिन्।

सिर्जन बरालले निर्देशन गरेको गीतको भिडियोमा चर्चित मोडल निरुता शाही र जिबी चिरनले फिचरिङ गरेका छन् । उनीहरुलाई निदेश कठायत र दीपक सापकोटाले पनि सथा दिएका छन् । भिडियो दिनेश रजालीले खिचेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!