हिपमत डटकम

बिहिबार, भाद्र ३१, २०७८ || 554  पटक पढिएको

वि.सं.२०७८ साल भदौ ३१ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी, दशमी,बिहान १० बजेर २१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–पूर्षाषाढा, बिहान ०६ बजेर ४७ मिनेट उप्रान्त उत्तराषाढा । योग– शोभन, रातको ०१ बजेर ०० मिनेट उप्रान्त अतिगण्ड । करण– गर, बिहान १० बजेर २१ मिनेट उप्रान्त वणिज,बेलुकी ०९ बजेर २३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धाता योग ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ शैली प्रयोग गरेर गरिने व्यापार व्यवसाय अथवा कुनै कामहरूबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रूपमा सम्पन्न हुनका लागी थालिएका कामहरू स्वतः स्फूर्त तथा सिस्टममा जाने हुनाले मन प्रसन्न हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेको छ । पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पति पत्नीका साथ रमाइलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना समस्या तथा विवादित विषयहरूलाई केही समय दिएर सकाउन सकिनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरू आफै साइड लाग्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्व सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दाजुभाइको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । सवारी साधनको प्रयोग गरि लामो यात्रा गर्दा ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा नजिकिने समय रहेको छ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण कामहरू फत्ते गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक कामहरू समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगीहरूको सहयोगले शरीरमा थप ऊर्जा बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!