हिपमत डटकम

बुधबार, भाद्र ३०, २०७८ || 554  पटक पढिएको

बीपी कोइरालाका सुपुत्र नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले निर्वाचन लड्दै आएको नवलपरासी पुगेर सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

‘सभापति पदबाट पछि हट्ने कुरै छैन’ उनले भने, ‘१४ औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार हुन्छु ।’ डा. कोइरालाका शब्दमा सभापतिबाट ब्याक भएको छैन र, उठ्ने नै छु ।’ महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए ।

कोइराला परिवारबाट एक जना उम्मेदवार भए पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत धेरैको आकांक्षा छ ।शेरबहादु्र देउवालाई परास्त गर्न एकै उम्मेदवार आवश्यक हुन्छ जुन एकता संस्थापन पक्षबीच हुन सकेको छैन ।

डा. कोइराला सहमतिका लागि पछि हट्ने अनुमान गरिरहेको बेला भएको उम्मेदवारी घोषणाले देउवालाई फाइदा पुगे पनि संस्थापन इतर पक्ष भने मिलाउन प्रयत्नमा लागेको छ ।

त्यसो त देउवा पक्षका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, कल्याण गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन् । तर, अन्ततः दुई आकांक्षीबीच स्पर्धा हुने निश्चित देखिएको छ । निर्वाचनमा झापाका कृष्णप्रसाद सिटौलाको भूमिका महत्वपूर्ण हुने छ । सिटौलाको सहयोगबाटै गत महाधिवेशनमा देउवा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!