गुजरात । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिना भारत भ्रमणमा आउँदै छन् । उनको स्वागतका लागि भारतमा विशेष तयारी भइरहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमण गुजरातमा केन्द्रीत हुने बताइएको छ । यसका लागि गुजरातलाई विशेष रुपमा सजाउने र ट्रम्पको स्वागतका लागि सरसफाइ, सहरको सौन्दर्य बढाउने काम धमाधम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अहमदावादको सिङ्गो एउटा बस्तीलाई ट्रम्पको नजरबाट लुकाउन प्रयास भइरहेको छ । उक्त बस्तीमा ट्रम्पको नजर नपरोस् भनेर बस्तीको अगाडि करिब ७ फिट अग्लो पर्खाल बनाउन थालिएको हो ।

अहमदावाद एयरपोर्टदेखि सरदार पटेल मोटेरा स्टेडियमसम्मको सडक मर्मत गर्नेदेखि लिएर सोही मार्गमा रहेको झुपडी बस्तीलाई लुकाउनका लागि पर्खाल बनाउने काम धमाधम भइरहेको छ ।

झुपडी बस्तीमा विपन्न तथा गरिब समुदाय बसोबास गर्दै आएका छन् । बस्तीमा करिब पाँच सय झुपडी छन् । करिब आधा किलोमिटरसम्मको दुरीमा रहेको उक्त बस्ती मुख्य सडकबाट देखिन्छ । ट्रम्प हिँड्ने भनिएको बाटोमै उक्त बस्ती पर्ने भएकाले ट्रम्पको नजरबाट लुकाउनका लागि बस्तीको अगाडि अग्लो पर्खाल बनाउन लागिएको हो, ताकि ट्रम्पले उक्त बस्तीमार्फत भारतको गरिबी नदेखुन् ।यसअघि उक्त क्षेत्रमा कुनै विदेशी विशिष्ट अतिथिको भ्रमण हुँदा झुपडी बस्तीको सामुन्ने हरियो कपडाले ढाक्ने गरिन्थ्यो । ट्रम्पको भ्रमणको तयारी भइरहँदा उक्त बस्ती अगाडि धमाधम पर्खाल निर्माण भइरहेको स्थानीयबासी बताउँछन् ।

कतिपयले भने गरिबी अन्त्य गर्नुको साटो गरिब बस्तीलाई नै पर्खालले छोपेर सरकारले देशको वास्तविक अवस्थालाई लुकाउन पहल गरेको भन्दै आक्रोस पोखेका छन् । ‘पर्खालले छोप्दैमा देशको गरिबी छोपिदैँन,’ स्थानीय बासिन्दाको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!