मंगलबार, भाद्र २९, २०७८ || 446  पटक पढिएको
तस्बिर -कान्तिपुर साप्ताहिक

देशकै दोस्रो ठूलो सहरमा महिलाको वर्चश्व छ । विराटनगरमा युवाभन्दा युवतीको संख्या बढी छन् । विद्युतीय नगर पाश्र्वचित्र विराटनगर महानगरपालिकाअन्तर्गत घरघुरी सर्वेक्षण ०७६ अनुसार २० देखि ३० वर्ष उमेर समूहका ८०९०७ जना युवायुवतीको नगरक्षेत्रमा बसोबास छ । तीमध्ये युवतीको संख्या ४०७७५ छ । युवाको संख्या ४०१२२ छ ।

सर्वेक्षणको रिर्पोटलाई केलाउने हो भने नगरक्षेत्रमा युवाको जनसंख्याभन्दा युवतीको बढी छ । नगरक्षेत्रमा युवाभन्दा ६५३ जना युवती बढी छन् । यस्तै नगरक्षेत्रमा २० देखि ३० वर्ष उमेर समूहका १० जना तेस्रो लिङ्गी छन् ।

उमेर समूहअन्तर्गत ३१ देखि ५९ वर्षका मानिसको नगरक्षेत्रमा बसोबास अत्याधिक छ । नगरक्षेत्रमा अधवैशें हुँदै गएका यो उमेर समूहका ५९०९३ महिला, ६१९५७ पुरूष र २३ जना तेस्रो लिङ्गी गरी १ लाख २१ हजार ७३ जना बसोबास गर्छन् । यो उमेर समूहमा भने पुरूषको संख्या महिलाभन्दा जम्मा २ हजार ८ सय ६४ ले बढी छ ।

यस्तै नगरक्षेत्रमा ० देखि २ उमेर समूहमा ३ हजार ७७४ महिला, ४ हजार २०५ पुरूष र १४ तेस्रो लिङ्गी गरी ७ हजार ९९३ जनाको बसोबास छ । ३ देखि ५ वर्षका ५ हजार ४४९ महिला, ५ हजार ८५३ पुरूष र ७ तेस्रोलिङ्गी गरी ११ हजार ३०९ जनाको बसोबास छ ।

नगरक्षेत्रमा ६ देखि १२ वर्ष समूहका १३ हजार ४ महिला, १४ हजार ८८ पुरूष र तेस्रोलिङ्गी ७ गरी जम्मा २७ हजार ९९ जनाको बसोबास छ । १३ देखि १९ वर्ष समूहका १५ हजार १०९ महिला, १५ हजार ३ सय ९५ पुरूष र ४ तेस्रोलिङ्गी गरी ३० हजार ५०८ जना बसोबास गर्छन् ।
यो उमेर समूहमा पनि महिलाको संख्याभन्दा पुरूषको संख्या २८६ ले मात्र बढी छ । यस्तै ६० देखि ७० वर्ष उमेर समूहका ८ हजार ९०६ महिला, ११५४३ पुरूष र ९ तेस्रोलिङ्गी गरी २० हजार ४५८ जना नगरक्षेत्रमा बसोबास गर्छन् ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा ३ हजार १२१ महिला, ३ हजार ५८ पुरूष र ३ तेस्रोलिङ्गी गरेर जम्मा ६ हजार १८२ जना बसोबास गरेका छन् । सर्वेक्षणअनुसार विराटनगरको जनसंख्या १ लाख ४९ हजार २३१ महिला, १ लाख ५६ हजार २२१ महिला र ७७ तेस्रोलिङ्गी गरी कुल ३ लाख ५ हजार ५२९ छ । विराटनगरस्थित भानु स्कुलका प्राचार्य मोहन श्रेष्ठले युवाभन्दा युवतीको संख्या बढी हुनुले सामाजिक संरचनामा पछि गएर विकृति ल्याउन सक्ने बताए ।

उनले विवाह प्राकृतिक नियम भएपनि युवतीहरू अविवाहित बस्नुपर्ने, सुन्दर र क्षमतावानको मात्रै विवाह हुने, लभ अफेयर बढ्न सक्ने र बहु विवाहले प्रश्रय पाउन सक्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!