मंगलबार, भाद्र २९, २०७८ || 908  पटक पढिएको

कांग्रेसको उद्गम थलो मोरङमा क्रियाशिल विवादले अधिवेशन अनिश्चित छ । कार्यकर्ता तहमा अधिवेशन चाँडै हुने आशासहित सक्रियता बढ्दो छ तर, यकिन मिति केन्द्रले दिन सकेको छैन ।

क्रियाशिल विवाद किन भयो ? यसको दोष कसको हो त ?
जानकारहरू यसको जिम्मेवारी मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले नैतिक रुपले लिनुपर्ने बताउँछन् ।
अशोक कोइराला, अमृत अर्यालको पालामा क्रियाशिल विवादले अधिवेशन रोकिएन । सभापति लिम्बूको कार्यकालमा क्रियाशिल विवादले उग्र रूप लियो । प्रायः सबै निर्वाचन क्षेत्रमा विवाद देखियो । विरोध, धर्ना, प्रदर्शन, तालावन्दी जस्ता आन्दोलन कांग्रेस भित्र सामान्य बन्यो ।

‘नियम संगत तरिकाले सिफारिस भएको भए विवाद नै हुने थिएन’ मोरङ कांग्रेसका एक पदाधिकारीले भने, ‘आफु अनुकुल निर्णय हुने गरी वितरण गर्न थालेपछि विवाद सुरु भयो, लिम्बू आफै पनि उम्मेदवार भएकाले उनी क्रियाशिल आफै अनुकुल वितरण गर्न लागेकाले समस्या उत्पन्न भयो ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा देशका ५६ जिल्लामा वडा तहका अधिवेशन सम्पन्न भइसकेका छन् । तर क्रियाशिल सदस्य विवाद समाधान नहुँदा कांग्रेसको केन्द्रीय नेतृत्वले मोरङमा निर्वाचन अधिकारी पठाउन सकेको छैन ।

मोरङ कांग्रेसले १५ हजारको हाराहारीमा क्रियाशिल सदस्य वितरण गरेको छ । क्षेत्रगत रूपमा आएको क्रियाशिललाई जस्ताको त्यस्तै पोका बाँधेर केन्द्रीय समितिमा पठाइएको भनिए पनि धेरै ठाउँमा एक गुटले अर्को गुटलाई सकाउने रणनीति बनेको थियो ।

यसबाहेक एक वडामा बसोबास गर्नेको अर्कै वडाबाट र एउटा क्षेत्रमा बसोबास गर्नेको अर्कै क्षेत्रबाट क्रियाशीलता वितरण हुनुले पनि समस्या उब्जाएको छ । वडा तथा क्षेत्रीय समितिले क्रियाशिल सदस्यका लागि सिफारिस गरेको फारममा नेताले भोट पाउनका लागि एउटाको निवेदनमा आफ्ना नजिकको व्यक्तिको फोटो टाँसेर सदस्यता वितरण गरिँदा समस्या उत्पन्न भएको हो जुन तत्कालै समाधान हुने छाँटकाँट देखिदैन ।

कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको इच्छा बमोजिम सभापति लिम्बूले भने अनुसारको व्यक्तिलाई क्रियाशिल वितरण गर्दा विवाद उत्पन्नको जड भएको छ । मोरङ क्षेत्र नं. ६ मा निस्क्रिय रहेका र कहिँकतै आन्दोलनमा कांग्रेसको झण्डा बोकेको नदेखिएका विराटनगर–७ का भन्सार एजेन्ट संजय दुगड र उनका श्रीमतीलगायत परिवारका अधिकांश सदस्यलाई क्रियाशिल वितरण गरिँदा पार्टीमा सक्रिय कांग्रेसीको अपमान भएको महसुस अधिकांशले गर्न थालेका छन् । यो प्रतिनिधि समस्या मात्र हो ।

क्रियाशिल सदस्यको विषयले एकले अर्कोलाई खुइँल्याउने कार्य प्रसस्तै भएका छन् मोरङमा । यो नेतापिच्छे विकास भएको गुटबन्दीले हो ।
कांग्रेसको क्षेत्रीय र उपक्षेत्रीय सभापति र उपसभापति भएका व्यक्तिले आफ्ना आसपासे र अरौटे र भरौटेलाई सदस्यता वितरण गरेर केन्द्रीय समितिमा पठाइएको र केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्दा क्रियाशील विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टीको वडादेखि क्षेत्रीयस्तरसम्मका पुराना नेता तथा कार्यकर्ताहरूको क्रियाशील सदस्यता सिफारिस गरेर गएको तर केन्द्रीय नेताहरूले त्यसरी सिफारीस भएर गएको नामभन्दा आफ्ना नजिक र चाकडी गर्र्ने आसपासेको नाउँलाई सदर गरिदिँदा विवाद उत्पन्न भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य डा. कोइराला मोरङ सभापति लिम्बू पक्षधरले क्रियाशिल विवादलाई प्राविधिक कमजोरी भन्दै झारा टार्ने हिसाबले बहाना बनाउँदै जिल्ला अधिवेशन गर्ने मनस्थितिमा रहे पनि केन्द्रीय सदस्य अर्याल, जिल्ला सभापतिका उम्मेदवार दिलीप गच्छेदार पक्षधरहरूले फर्जी क्रियाशिल विवादको समाधान गरेर मात्रै अधिवेशन बढाउन दवाव दिएका छन् ।

नेपाली कांग्रेस मोरङले भदौ १८ गतेका लागि वडाबाट अधिवेशन शुरू गर्ने समयतालिका प्रकाशित गरेको थियो तर, क्रियाशिल विवादले भएन । अब नयाँ मिति असोज ५ गते पनि हुने वा नहुने मा अन्योल छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!