राजिव शाह

सोमबार, भाद्र २८, २०७८ || 651  पटक पढिएको

सर्लाही । प्रदेश नं.२ सरकारबाट सर्लाहीमा संचालित योजनामा ठेक्क्दारले ब्रम्हमलुट मच्चाएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नं ७ मुसैलीको पोखरीमा संचालित योजनामा ठेकेदार कम्पनीले व्यापक अनियमितता गरि ब्रहम्लुट मच्चाएको स्थानियाहरुको गुनासो छ ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मलंगवा ७ मुसैलीको पोखरी सौन्दर्यकरण गर्न लगाइएको ठेक्कामा ठेकेदार कम्पनीले अनियमितता गरेको स्थानियले गुनासो गरेका छन् । मलंगवा स्थित मुसैलीमा रहेको श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको पोखरी सौन्दर्यकरण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले करिब ६ करोर १२ लाख ९३ हजार मा एम.आर. आर जे कमल जेभि जनकपुरलाई ठेक्का दिएको छ । पोखरी सौन्दर्य करण गर्न ठेकेदार कम्पनीले बनाएको पर्खाल एक महिना नबितदै भत्किएको छ ।

निर्माणमा कमसल सामाग्री प्रयोग गरिएकोले सामान्य पानी पर्दा समेत पर्खाल भत्किएको स्थानीय युवा सुजित यादवले आरोप लगाएका छन् । ठेकेदार कम्पनी र प्रविधिकको मिलोमतोमा व्यापक अनियमितता भएको यादवको भनाई छ ।

प्रत्येक वर्ष छठ पर्व मनाउने उक्त पोखरीमा खाल्डा खुल्डी गरि लथालिङ्ग बनाएर छाडेकोले यस बर्षको छठ पर्व उक्त पोखरीमा मनाउन समेत वातावरण नरहेको स्थानीयहरुले हिपमत डटकमलाई बताए।

करिब १० विधामा रहेको उक्त पोखरी सौन्दर्यकरण गर्न २२ सेप्टेम्बर २०२० मा ठेक्का दिइएको थियो । तर करिब १५ महिना भित्र २१ डीसेम्बर २०२१ सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने ठेकेदार कम्पनीले अहिले सम्म मात्र २० प्रतिशत कार्य सम्पन्न गरेको छ । विगत २ महिना देखि निर्माण कार्य समेत ठप्प हुदा ठेकेदार कम्पनीसंग बाकी रहेको ३ महिनाको अवधि भित्र निर्माण कार्य सम्पन्न हुनेमा आसंका देखिएको स्थानियहरुले बताए।

यस अघि विधालयले करिब १ करोड १७ लाखमा माछापालनको निम्ती ५ वर्षका लागि पोखरी ठेक्का लगाएको थियो । करिब २ लाख महिनाको आम्दानी गर्ने विधालयलाई समेत पोखरी कहिले र कति बर्षमा सौन्दर्य करण हुनेमा संका छ । यसरि योजनामा ढिलाई भयो भने बिधालायालाई समेत घाटा हुने बिधालय परिवारले हिपमत डटकमलाई बताए।

योजनामा भएको भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न स्थानीयले अख्तियार अनुसन्धान आयोग क्षेत्रिय कार्यायल बर्दिवासमा समेत उजुरी दर्ता समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!