बीरेन्द्रकुमार साह

सोमबार, भाद्र २८, २०७८ || 996  पटक पढिएको

राजनीति भनेको एक खेल हो र, यो खेलमा सबैले खेलाडी बनेर मैदानमा उत्रने मौका पाउनु पर्छ । यसमा कसैलाई काखा, कसैलाई पाखा गर्ने हो भने गुट मोलाउने छ । सिद्धान्त कमजोर हुनेछ ।

राजनीति गर्ने असल नेता त्यो हो जसले सबै कार्यकर्तालाई मिलाएर एक साथ हिडाउन–डो¥याउन सक्छ । जसले सबैको भावना, विचारको कदर गर्छ । त्यस्ता नेता अहिलेको समयमा बिरलै भेटिन्छन् । त्यही भएर अहिलेको राजनीतिमा निषेध बढी देखिन्छ र, यसले गुट उपगुटलाई मौलाउने अवसर दिएको छ । समूहमा आवद्ध हुने क्रम बढाएको छ ।

अहिले त बस म अनि म र म मात्र मुखरित भएको देखिन्छ । नेताहरुको ब्यवहारमा केवल ब्यक्तिगत स्वार्थले लिप्त छन् । अहिलेका नेता भनाउँदाहरू नेताभन्दा गुटेमा बढी केन्द्रित छन् । निश्चित शक्ति केन्द्रलाई रिझाउने नाममा पार्टीलाई कमजोर बनाउने खेल भएको देखिन्छ ।
के उनीहरू असल नेता हुन त ? के हामीले यस्तै नेता खोजेका हम ? अनि हामी आफै गल्ती गरेर गुटेलाई अघि बढाउन कम्मर कसेर लाग्छौ । हामी भन्ने भावना छैन । मै खाऊ, मै लगाऊ भन्ने भावना अत्यधिक देखिन्छ । नेपालको राजनीतिमा सिद्धान्त सर्वाधिक कमजोर भएको अवस्थामा छ ।

यस्ता हजारौं लाखौं ओठहरूले यतिबेला प्रशनहरू गरिरहेका छन् । जसको जवाफ कसैले दिन सकेको छैन । किनभने हरेक नेताहरू गुटको गोटी भएका छन् । उनीहरू यसरी चाउरिएका छन् बोल्ने आँटै गर्दैनन् ।

सन्दर्भ देशको ऐतिहासिक अनि जेठो पार्टीको राजनीतिक गतिविधि हो । अहिले नेपाली कांग्रेसको १४ औ महाधिवेशन चलिरहेको छ । प्रदेश १ को अन्य प्रायः सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भई सक्यो तर, मोरङमा अझै क्रियाशिल सदस्यहरूको नाम समेत सार्वजनिक गरिएको छैन । मोरङ कतिधेरै कांग्रेसप्रति आस्था राख्छ जो क्रियाशिल फाइनल नभइकन पनि टोल–टोलमा सक्रिय छ ।

चुनावको सरगर्मी बढेको छ । दैनिक नेता तथा कार्यकर्ताहरू क्रियाशिल सदस्यहरूको घरदैलोमा भेटघाट गर्न तथा भोट माग्न पुग्ने गरेका छन् । मोरङको गाउँ गाउँ डुल्दै गर्दा कार्यकर्ता तथा क्रियाशिलहरूको बिचार भावना बुझ्दै गर्दा अधिकाश सदस्यहरू स्थानिय नेतृत्वसँग रुष्ट भएको मैले पाए । बर्षौदेखि नेपाली कांग्रेका लागि खुनपसिना बगाएका, धेरै कुरामा वलिदानी दिएका कार्यकर्ता अझ बढि रुष्ट देखे ।

कारण यहाँ नयाँ–नयाँ आएका नेतृत्वहरूले निशेधको राजनीति गरेको उनीहरूको आरोप छ । निषेध अर्थात अरुलाई रोक्ने कार्य भएका छन् । ‘हामीले गत स्थानिय निर्वाचनमा युवाहरू नेतृत्वमा आओस् भनेर स्थानिय निर्वाचनमा विजय बनायौ तर, उनीहरू अहिले हाम्रो सबै त्याग र बलिदानलाई भुलेर हामीलाई निशेध गर्दै छन्, हामी कुनै पदमा उम्मेदवारी दिन खोज्दा तपाईंले किन उम्मेदवारी नदिनुस’ भनेर धम्काउने लगायतको गतिविधि गर्दै गरेको उनीहरूले आफ्नो दुखेसो पोखेका छन् ।

म मात्र होइन अन्य क्रियाशिल सदस्यहरूलाई पनि उम्मेदवार नदिनुस लगायतको विवाद सिर्जना नेतृत्वबाट नै भएको अर्का एक क्रियाशिल सदस्यले बताए । हामीलाई निशेध गर्ने र उनीहरूलाई पायक पर्ने उनीहरूको यसम्यानहरू जसलाई केहि आउँदैन पार्टीमा कुनै योगदान छैन, त्यस्ता ब्यक्तिहरूलाई निर्विरोध गराई आफ्नो पल्ला भारी बनाउन खोज्छन् ।र, हामीलाई निशेध गर्छन् । अब बिचार गरौ ।

यी त केहि उदाहरण पात्र मात्र हुन । यस्ता धेरै क्रियाशिल सदस्यहरू हुनुहुन्छ जसले पार्टीलाई सबै समर्पित गर्दै पार्टीमा आफ्नो योगदान दिनुभयो तर यी र यस्ता क्रियाशिललाई अहिले राजनिती रूपमा निशेध गर्ने, कुनै युवा जो अगाडि बढ्न सक्छ पार्टीमा त्यसलाई निशेध गर्ने, जो फरक विचार राख्छन् त्यस्ता ब्यक्तिलाई रोक्नु लोकतान्त्रिक र प्रजातान्त्रिक पार्टीको अपमान हो ।

यस्तो हर्कत गर्नेलाई समयमा सचेत गराउने र मानेन भने पार्टीभित्र नै कमजोर बनाउन सक्नुपर्छ । पार्टी, सिद्धान्त र हामी भन्ने भावना नभएका गुटेलाई, सीमित नेताको घेराभन्दा बाहिर ननिस्कने र कसैको गोटीका लागि मात्र राजनीति गर्नेहरूलाई यसपटकको अधिवेशनले झापड हान्न सक्नुपर्छ । होइन भने कांग्रेस कमजोर हुन्छ ।

यो गर्ने भनेको युवा पुस्ताले हो । युवा पुस्ता कुनै नेता र गुटेको पछि लाग्नु हुन्न । उनीहरूको कुनै पनि निर्देशन मान्नु हुन्न । यसपटकको अधिवेशनमा गुटेलाई परास्त गर्नु भनेको कांग्रेसलाई बलियो बनाउनु हो । यो सुझाव कुनै एक वडा होइन आम रूपमा सबैतिर अभियान नै चलाउनु पर्छ । मेरा क्षेत्रीय प्रतिनिधि यति आए, फलानो बुथ र वडामा मेराले जिते भन्नेहरू कांग्रेसका सत्रु हुन । किनभने उनीहरू कांग्रेस होइनन् कांग्रेसभित्र कम्पनी खोलेर टाउको गन्ने र त्यसैका आधारमा चाकडी गर्नेहरू हुन ।

कांग्रेसका आम कार्यकर्ताले के बुझ्नु प¥यो भने पार्टी गुटले मौलाउने होइन, सिद्धान्त र आस्थाले बलियो हुने हो । यसमा चुक्यो भने जयनेपाल भनेर हिडुनुको कुनै तुक हुने छैन । मुखमा मिठो तरिकाले जयनेपाल भन्ने अनि आम रूपमा पार्टीलाई एक बनाउने र सबैलाई जोड्ने कांग्रेसको नारालाई विभाजित बनाउने खेल हुन्छ भने चुप लागेर नबस्नुहोस् । तपाईं चुप लाग्नुको अर्थ हो कांग्रेसमा गुट बढाउनु । यसको साक्षी तपाई किन हुने ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!