हिपमत डटकम

आइतबार, भाद्र २७, २०७८ || 657  पटक पढिएको

सागर लम्साल बले अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। झण्डै २० बर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक भएको हो। गतिमा सागर लम्साल बले संगै शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानु को अभिनय रहेको छ।

पुराना गीतको रिमेकमा भिडियो निर्माण तथा अभिनय गर्नुको औचित्य प्रष्ट्याउदै सागर भन्छन्ः पुराना गीतले पुराना साथीभाईहरुको सम्झना दिलाउछ। तिनै पुराना साथीहरुको सम्झनामा गीत फेरि रेकर्ड गराएर भिडियो बनाएको हो।

२० वर्ष पछि गीतमा गायक प्रमोद निर्वाणले केही नयाँ स्वाद र महिला स्वर पनि समावेश गरिएको छ। गीतमा सरला बीसीले साथ दिएकी छिन्।

गोल्डेन मड क्रिएशनको ‘किन यसरी’ लाई बले इटरटेन्मेन्टको यूट्यूब च्यानल बाट सार्बजनिक गरिएको गीतको भिडियोलाई दर्शकहरुले निकै रुचाएका छन्। आफ्ना पुराना दिनहरुको सम्झना दिलाएको भन्दै गीतको अडियो र भिडियो दुवै पक्षको प्रशंसा गरेका छन्।

केहि समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ’ का निर्देशक निकेश खडकाको रहेको गीतको भिडियोमा प्रेममा हुने असमझदारी, दुर्घट्ना, पश्चातापलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ। बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!