किसुनजीका छोराछोरी

माथिको शिर्षक पढेर रनभुल्लमा नपर्नुहोस् ।

सोमबार, भाद्र २१, २०७८ || 627  पटक पढिएको

कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजी । सन्त नेता भट्टराईले विहे गरेनन् । जीवनको अधिकांश समय संघर्ष र राजनीतिमा विताएका भट्टराईले आफुलाई भलै कुमार भनेनन् तर, उनका सन्तान र आधिकारीक जीवन साथी छैनन् ।

किसुनजीको परिवार भनेकै नेपाली कांग्रेस थियो । उनको घर भनेकै कांग्रेस पार्टी थियो । आफन्त भनेको आम कार्यकर्ता थिए ।
नेपालका यस्ता नेता जसको मृत्युपछि कुनै पनि बैंकमा एक पैसा थिएन । कुनै ठाउँमा चल ,अचल सम्पति थिएन । थियो त केबल सुराई र एक बाकस अनि छाता र, उनको स्मरणमात्र । उनका योगदान कहिल्यै सकिने छैनन् ।

असल काम गर्ने जो कोहीलाई मन खोलेर धन्यवाद दिनुपर्छ । आज राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझी र सन्त नेता कृष्णप्रसाद भट्टराई फाउण्डेसनका पदाधिकारी र आम सदस्यलाई धन्यवाद दिनुहोस् । किनभने किसुनजीको छोराछोरी भएर उनीहरूले उत्तरी मोरङको सुन्दरहरैंचामा किसुनजी भिलेजको अवधारणा ल्याएका छन् । यो अवधारणा गफै त हो सम्धी होइन । यो चाँडै कार्यान्वयन हुनेछ र, काम सुरु भइसकेको छ ।

यो कार्यान्वयन हुने भिलेज भएकाले होल फाउण्डेसनको टिम सक्रिय छ, उत्साही पनि । कार्यान्वयन नहुन्थ्यो भने आज दोस्रो बैठकमा आइपुग्दा फाउण्डेसनका लागि अढाई बिघा जग्गा हात लागिसकेको छ । पहिलो बैठकमा योजना बन्यो, दोस्रो बैठकले कार्यान्वयन अघि बढायो । भलै जग्गा लिजमा लिएर होस् फाउण्डेसनको भिलेज अवधारणाको काम सुरु भएको छ । यसका लागि रमेशजंग रायमाझी, सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले धेरै मेहनत गरेका छन् । फाउण्डेसनको होल टिमले गरेको मेहनतअनुसार चाँडै प्रधानमन्त्री शेरबहादुर देउवालाई ल्याएर भिलेजको शिलान्यास गराइने छ ।

हरेक सन्तानले आफ्ना आमाबाबुको स्मरण गर्छन मृत्युपर्यन्त । यो छोराछोरीको कर्तब्य पनि हो । मरेर गएपछि आमाबाबुको यस, कृति यसरी नै राख्ने गरिन्छ । तर, के देशका लागि आजिवन आफुलाई समर्पण गर्ने, अविवाहित व्यक्तिले यो अवसर पाउने छैन ? त्यो पनि विहे नगरेको, सन्तान नभएका व्यक्तिका कोही हुन्नन् ? पक्कै हुन्छन् । समाजमा केही गरौं भन्ने व्यक्तिहरू हुन्छन् ।
किसुनजीको भिलेज सोचअनुसार कार्यान्वयन हुने नै छ र, तपाईंका लागि यो सुखद खबर हो । दुई चार घण्टा यसो भिलेजमा गएर मज्जाले समय कटाउने मेलो पाउनुहुनेछ । यो एक पर्यटकीय आकर्षणको केन्द्र पनि हुने भएकाले यसलाई सबैले त्यसै रुपमा लिएका छन् र, चासो पनि दिएका छन् ।
वास्तवमा यो फाउण्डेसनको कुनै शाखा छैन । नियम नै रहेछ कुनै पनि फाउण्डेसनको शाखा कार्यालय खोल्न नपाइने । यहाँ गिरिजाप्रसाद कोइरालाका नाममा जिल्ला, प्रदेशमात्र होइन अन्तर्राष्ट्रिय समिति पनि गठन भएका छन् । गिरिजाप्रसाद कोइरालाको विरोधमा यहाँ केही लेख्ने कोसिस गरिएको होइन तर, कानुनअनुसार यसप्रकाका प्रतिष्ठान र फाउण्डेसनको शाखा कार्यालय स्थापना गर्न नपाइने रहेछ ।
कृष्णप्रसाद भट्टराई फाउण्डेसनको कुनै शाखा हुने छैन भनेर अध्यक्ष रमेशजंग रायमाझीले भनेका छन् ।

पंक्तिकार पनि फाउण्डेसनको संस्थापक सदस्य हो । ५० को दशकको सुरुवाती समयमा कान्तिपुरको व्यूरो प्रमु्ख भएका हैसियतले किसुनजी विराटनगर आउँदा सर्वाधिक फलो गरिन्थ्यो । उनी विराटनगर आएपछि अन्तर्राष्ट्रिय समाचार नै बन्थ्यो । कान्तिपुरको अर्काइभमा गएर हेर्न सक्नुहुन्छ ०४९ सालपछि किसुनजी हरेकपटक विराटनगर आउँदा कान्तिपुरको मुख्य समाचार बनेकोछ ।
पंक्तिकार पनि यो अभियानमा किसुनजीको सन्तान हुन पाएकोमा गर्व महसुस गर्दछ ।

किसुनजीको जीवनी पढ्दै गर्दा, उनको आत्मकथा अध्ययन गर्दा वास्तवमा किसुनजी नेपालका होनहार नेता हुन । भारतीय नेताहरूलाई नतमस्तक बनाउने राज नेता हुन । दिल्लीमा पुगेर ‘हामीलाई जहाँ सस्तो पर्छ त्यहीं हतियार खरिद गर्छौ’ भन्ने साहस देखाउने किसुनजीलाई केही महिनापछि हामी सबैले एकपटक होइन पटक–पटक स्मरण गर्ने गाउँ तयार हुँदैछ ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!