नालाबिनाका सडक

सम्पादकीय

आइतबार, भाद्र २०, २०७८ || 576  पटक पढिएको

विराटनगर–६ केसलिायस्थित लेखनाथ मार्गमा नाला बिनाको सडक निर्माण भइरहेको विषय यतिखेर निकै चर्चामा रहेको छ । वडा नम्बर–६ को कार्यालयको बजेटबाट कालोपत्रे भइरहेको सो सडकमा स्थानीयहरूले विरोध गर्दा गर्दै जबरजस्ती रूपमा काम भइरहेको छ ।

सो सडकमा कति बजेट छुट्याएको हो भनेर उपभोक्ता माझ सार्वजनिक गरिएको छैन । यसरी सडक बनाउँदा बडा कार्यालयले उपभोक्ता समितिमार्फत काम गर्दा जनप्रतिनिधिहरूले नै कमिसन मागेको भनेर यसअघि नै अख्तियार दुरूप्रयोग अनुसन्धान आयोगमा धेरै वटा उजुरी पनि परेका छन् ।

तर त्यसलाई पनि बेवास्ता गर्दै लेखनाथ मार्गमा ठेक्कामार्फत काम गरेर ठूलो रकम कमिसनमा खर्च भएको स्थानीयबासीको आरोप पनि छ । लेखानाथ मार्गमा नाला नबनेको कारण बर्खाको पानी व्यक्तिहरूको घरआँगनमा पस्ने गरेको त्यहाँका उपभोक्ताहरूको गुनासो रहेको छ । त्यतिमात्र नभएर बिना नाला कालोपत्रे गरिएको लेखनाथमा गुणस्तरहीन काम भएको जनगुनासो पनि व्याप्त छ ।

आशिष निर्माण कम्पनीले यो नालाबिनाको सडक निर्माण गरेको हो । यस विषयमा वडाध्यक्ष विजय कामतले उपभोक्ता समिति बनाएर त्यसमार्फत काम गर्दा थोरै रकम निकाशा गर्नुपर्ने बाध्यताका कारण काम गुणस्तरहीन हुने भएकोले ठेक्कामा दिएको जिकिर गरेका छन् ।
वडाध्यक्ष कामतको यस्तो जिकिर हुँदाहुँदै पनि स्थानीय उपभोक्ताहरू रूष्ट हुनुले दालमा कुछ काला हे भनेर शंका गर्ने ठाउँ प्रशस्तै छ । लेखनाथ मार्गमा कालोपत्र त गरियो तर नाला र डिभाइडरबिना निर्माण गरिएको संरचनाको औचित्य पुष्टि हुन सक्दैन ।

महानगरपालिका भित्रका अन्य सडक कालोपत्र गर्दा चाहिं नाला अनिवार्य बनाइनुपर्ने मापदण्ड लागू गरिएको छ । अनि लेखनाथ मार्गमा चाहिं महाननगरपालिकाको त्यो मापदण्डा लागू नहुने भन्ने हुन्छ र ? पक्कै पनि लेखनाथ मार्गमा केही न केही गडबडी भएको हुनु पर्दछ ।

यस्तो विवाद आएपछि महानगरपालिका कार्यालयले तत्कालै हस्तक्षेप गरी अध्ययन अनुगमन गर्नु पर्दछ । तर महानगरपालिकाले अहिलेसम्म विवादित सडकबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरि सकेको अवस्था छैन । यस विषयलाई छानविनको दायरामा ल्याउनु पर्दछ ।
नत्र जनप्रतिनिधि र वडा कार्यालयप्रति स्थानीयवासीको विश्वास गुम्न गई अन्य विकास निर्माणका काममा वाधा विरोध उत्पन्न हुन सक्छ । जसले गर्दा वडाको विकास निर्माण र उन्नयनमा समस्या उत्पन्न हुन्छ । चेतना भया ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!