हिपमत डटकम

आइतबार, भाद्र २०, २०७८ || 521  पटक पढिएको

विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने विराटनगरको हाटखोलास्थित सिंघिया पुलको जीर्ण अवस्थाप्रति मोरङ व्यापार संघले सरकारका विभिन्न निकायहरुलाई ध्यानाकर्षण गराउने कार्य थालेको छ ।

मोरङ–सुनसरी आर्थिक करिडोर अन्तरगत कटहरी गाउँपालिकालगायत आसपासका क्षेत्रमा संचालनमा रहेका सयौँ उद्योग, कल–कारखाना र मोरङका पूर्वी भेगका अधिकांश बजारलाई प्रादेशिक राजधानी, औद्योगिक नगरी एवं व्यावसायिक केन्द्रबिन्दु विराटनगर महानगरपालिका र विराटनगर भन्सार नाकासँग जोड्न सो पुलको भूमिका अत्यन्त महत्वपूर्ण छ ।

लामो समयदेखि सो पुललाई सामान्य जीर्णोद्वार मात्र गरिँदै आएको तथा विगतका बाढीहरुका कारण उक्त पुल थप क्षतिग्रस्त भई जर्जर अवस्थामा पुगेकोले समय मै कदम चाल्न संघका अध्यक्ष प्रकाश मून्दडाले सरकारका सम्बन्धित निकायहरुलाई ध्यानाकर्षित गराएका छन् ।

करिडोरका आर्थिक क्रियाकलापहरुमा कटहरी गाउँपालिकासहित आसपासका पूर्वी क्षेत्रको अधिक योगदान रहँदै आएको र सो क्षेत्रमा औद्योगिक प्रयोजनका मालवाहक र सार्वजनिक सवारी साधनहरुको आवागमनको चाप समेत दिनानुदिन बढ्दै गई रहेको बताउँछन् मून्दडा ।

उक्त पुलको जिर्ण अवस्थाका कारण ठूलो दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरी सो पुलको समयमै जिर्णोद्वार र क्षमता विस्तारका कार्यहरु तत्कालै थालनी गर्न हाल संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री, प्रदेश नं. १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार गरी आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!