विराटनगर–६ केसलियास्थित लेखनाथ मार्गमा नालाबीनाको सडक निर्माण भइरहेको छ । स्थानियले चर्को विरोध गर्दागर्दै पनि विराटनगर महानगरपालिका क्षेत्रमा काम गरिरहेको आशिष निर्माण कम्पनीले जवरजस्ती कालोपत्रे गर्ने काम गरिरहेको छ । विराटनगर–६ वडासमितिको बजेटबाट निर्माण कम्पनीले गरिरहेको कामको बजेट गोप्य राखिएको छ ।

वडा समितिको कार्यालयले वडामा उपभोक्ता समितिमार्फत विकास निर्माणको काम गर्दा जनप्रतिनिधिले कमिसन माग गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आधा दर्जन उजुरी परेको छ ।

जनप्रतिनिधिले घुस मागेको विषयलाई लिएर उपभोक्ता समितिले अख्तियारमा उजुरी पेश गरेपछि केहि समयदेखि वडासमितिको कार्यालयले उपभोक्ता समिति गठन नगरी आफूखुसी विकास निर्माणको काम गरिरहेको छ ।

स्थानिय विक्रम शर्माले भने, ‘नाला पनि छैन, डिभाइडर ब्लक पनि छैन, पुरानो नालाबाट वर्षाको पानी आउँदा घरभित्र पस्छ । पहिलाकै लेवलमा झारा टार्ने हिसाबले पीच निर्माण भइरहेको छ । सडकको उचाई नभएको र नाला समेत नभएकोले पानी आएको अवस्थामा घरैभित्र बाढी पस्ने जोखिम बढेको छ ।’ स्थानिय शर्मासििहत रोहित पासवान, दीपक पासवान, अनमोल केशरी लगायतका टोलबासीले कालोपत्रे भइरहेको सडकको कामलाई गुणस्तरहीन काम भन्दै अवरोध पु¥याउन खोजेका छन् ।

आशिष निर्माण कम्पनीका आनन्द रायमाझीले वडासमितिले तयार पारेको इस्टिमेटको आधारमा आफूहरूले बीना नालाको सडक कालोपत्रे गरिरहेको बताए । बिहीबार न्यू सृष्टि दैनिकसँग रायमाझीले भने, ‘करीब आधा किलोमिटरको दूरीमा सडक कालोपत्रेको काम भइरहेको छ, बजेट कति हो मलाई थाह छैन । वडा समितिको कार्यालयले लगत तयार गरेको हो ।’

लगत बमोजिम नै काम गरिरहेको रायमाझीको भनाई थियो । वडा नं. ६ कै लेखनाथ मार्गको उत्तरतर्फपनि आशिष निर्माण कम्पनीले नालाबीनाको सडक कालोपत्रे गरिरहेको छ । विराटनगर महानगरपालिकाको एकिकृत सहरी विकास आयोजना कार्यान्वयन इकाईले बजेट अभावमा काम गर्न छाडेको सडकमार्गलाई प्रदेश सरकारको बजेटमार्फत ढल नालाबीनाको सडक मार्ग निर्माण गरिरहेको छ ।

सडक निर्माण गर्दा डिभाइडर लगाए पनि नालाको निर्माण गरिएको छैन । जसको विरोध स्थानियवासीले गर्दै आएका छन् । पुरानो नाला जाम हुँदा निकास नहुँदा नालाको दुर्गन्धित पानी घरैभित्र पस्ने जोखिम बढेपनि निर्माण कम्पनीले नालाबीनाको सडकमा पीच बनाइरहेको छ ।
उनले भने, ‘म कम्पनीको तल्लो तहको कर्मचारी भएकोले बजेटको बारे माथिल्लो तहका लाई मात्रै थाह हुन्छ ।

तर निर्माण कम्पनीले सडक डिभाइडर ब्लक बेगरै सडक कालोपत्रे गरिरहेको छ ।’ वडाध्यक्ष विजय कामतले उपभोक्ता समितिमार्फत थोरै रकममा काम गर्दा गुणस्तरीय काम हुन नसकेकोले आशिष निर्माण कम्पनीलाई सडक कालोपत्रे गर्ने जिम्मा दिएको बताए ।विराटनगरका केहि वडा समिति कार्यालयले उपभोक्ता समितिमार्फत विकास निर्माणको काम गर्दा जनप्रतिनिधिले घुस मागेको विरूद्ध अख्तियारमा दर्जनौ उजुरी परेको छ ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!