आइतबार, भाद्र २०, २०७८ || 484  पटक पढिएको

कतिपय व्यक्तिहरू विराटनगर महानगरपालिका मात्र देख्छन् । महानगरले गर्ने क्रियाकलापमा मात्र नजर लगाउँछन् ।

उनीहरू सामाजिक विकास मन्त्रालय, भौतिक निर्माण र प्रदेश सरकारको मुख्यालय मुख्यमन्त्री कार्यालयबाट हुने गरेका कुनै काम देख्दैनन् । त्यहाँ पनि त महानगरपालिकाभन्दा ठूलो गलत काम भएका होलान् ।

महानगरपालिकाको हरेक कामलाई तीललाई पहाड बनाउने गरिन्छ तर, हात्ती प्रदेश सरकारका बारेमा कहीं कतै केही लेखिन्न । यो त पूर्वाग्रह नै हो भन्ने लाग्छ । व्यक्तिगत चासो हुनु स्वाभाविक हो तर, व्यक्तिगत चासो सामूहिकताका अगाडि केही होइन ।

आलोचना गलत कुराको हुनुपर्छ । चाहे सानो गलत कुरा होस् या ठूलो । समान तरिकाले त्यसको विरोध वा प्रतिरोध गर्नुपर्छ । तर, एकपक्षीय तरिकाले निश्चित घेरामा मात्र रहेर जहिले पनि टुकटुकु टोकिरहने बानी पूर्वाग्रहबाट ग्रसित छ भन्दा अत्युक्ति नहोला ।

कतिपय आलोचकहरू एकाङ्कीबाट पीडित छन् । उनीहरू सीमाभन्दा बाहिर जान सक्दैनन् तर, दायरा भने निकै फराकिलो छ । र, पनि उनीहरू किन सधैं एकै थलोलाई आक्रमण गर्छन् ?

आलोचना गरौं, विरोध पनि गरौं तर, एउटालाई मात्र निसाना बनाउने काम नगरौं । आलोचना सबैको गर्न सक्नुपर्छ । आलोचनामा विभेद भयो भने पक्कै पनि निश्पक्षता हुँदैन । यो कुरा कतिपय व्यक्तिहरूले बुझ्ने कुरा हो । तर, उनीहरूको बुद्धिको बिर्को कहिले खुल्ला ? त्यो समयले निर्धारण गर्ने कुरा हो ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!