शुक्रबार, फाल्गुण ०२, २०७६ || 989  पटक पढिएको

कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

ज्यान गुमाउने ६ जना नेपाली कामदारहरु मध्ये पहिचान खुलेका चार नेपालीहरुमा पाल्पाका एक बहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेका छन् । भने बाँकी दुई जना मृतकको स्पष्ट विवरण आउने क्रममा रहेको कवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी, घाइते मध्ये धर्मेन्द्र कुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते मनोरथ मण्डल भने उपचारपश्चात कम्पनी फर्किएका दूतावासले जानकारी दिएको छ ।

ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको थियो ।

घटनालगत्तै त्यहाँ २० वटा एम्बुलेन्स तथा जहरा फायर स्टेसन र टेक्निल रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए ।

घटनास्थलबाट सातजनाको उद्धार गरिएको थियो । जसमा ४ जनाको मृत्यु भएको थियो । अन्य तीन जनालाई तत्कालै जहरा अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!