हिपमत डटकम

शनिबार, भाद्र १९, २०७८ || 1449  पटक पढिएको

निर्माता तथा कलाकार काजल भुजेलको हिन्दि गित “मा”सार्वजनिक भएको छ । शुक्रबार दिउसो ३ बजे टंक बुढाथोकी नामक युटुब च्यानल बाट सार्वजनिक भएको उक्त गित अहिले दर्शक माझ लोकप्रिय बनेको छ।
यो हिन्दि गितको रचना मैथिली जगतका प्रख्यात गीतकार समिर खानले लेखेका छन् भने संगीत टंक बुढाथोकी र आवाज अशोक दर्जीले दिएका छन्।

दर्शक हरुको प्रतिक्रिया देखेर उक्त गीतका निर्देशक डि आर सुजन र गीतका संगीतकार टंक बुढाथोकी आफै चकित भएको तसर्थ यति कम समयमा नै दर्शकहरुले यति माया प्रकट गरेर ट्रेण्डिङ्ग पुर्याएको देख्दा आफुलाई धेरै नै खुसि लागेको र यसरि नै आगामी दिनहरुमा दर्शक हरुको माया र साथ रह्यो भने हामीलाई निकै नै हौशला प्रदान गर्नेछन भन्दै सम्पुर्ण दर्शक माझहरुमा धन्यबाद ब्यक्त गरेका छन्।

हिपमत मिडियाकर्मी हुसैन सेख संग निर्माता तथा कलाकार काजल भुजेलको कुराकानीमा उनले आफ्नो बिगतको कुराहरु पनि निकालेकी छिन उनले भनिन, बिगत पछिल्लो समयमा नेपालि फिल्म तथा म्युजिक इण्डस्ट्रिमा मैले धेरै दुखहरु भोग्नुपर्यो ,मेरो सुरुवात नै नेपालि फिल्महरुको ब्याक डान्सर अर्थात कोरस बाट सुरुवात भएको हो लगभग झन्डै ६/७ बर्षनै मैले लिड कलाकारहरुको पछाडि डान्स गरे त्यसपछि समय बित्दै गयो कतै बाट पनि आफ्नो लागि लिड क्यारेक्टरको लागि अवसर आएनन त्यसपछि मेरो आफनै लगानीमा देशकै चर्चित गायिका मेलिना रायको आवाजमा ( म त पागल पागल ) गितमा अभिनय गरे त्यसपछि अलि अलि कामहरु पाउन थाले एका दुक्का नेपालि र लोकदोहोरी गितहरुमा अभिनय गरे लगभग अहिले सम्म यो १५ बर्षे नेपालि इण्डस्ट्रिमा मेरो यात्रा चलिरहेको छ ।

यो यात्रा मैले नेपालि देखि मैथिली र भोजपुरी सम्मको गीतहरुमा मुख्य भूमिका रहेर भिडियो हरु सार्वजनिक भयो तर आफुले चाहेको जस्तो दर्शकहरु प्रति बाट पाउने माया अलिक कम पाए तर भगवानको अनुकम्पाले यसपाली मैले लगानी गरेको र देशकै चर्चित दिग्गज संगीतकार टंक बुढाथोकी, रचनाकार समिर खान र भाइरल बाल गायक अशोक दर्जी संगको यो सहकार्यमा बनेको यो २४ घण्टा नपुग्दै युटुबको ट्रेण्डिङ्गमा पुग्नु यो कुनै चमत्कार नै हो सायाद मलाइ लाग्छ दर्शक महानुभावहरुले मलाइ १५ बर्षको यात्रा को फल यहि २४ घण्टा मै एकै चोटी बारिशको बर्षा जस्तै मा माथि बर्षाउनुभयो त्यसको लागि एकदमै मुरी मुरी धन्यबाद दिन चहान्छु तपाइहरुको यो माया प्रति म आभारी छु धन्यबाद।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!