
घरकी सासुले गर्भवती बुहारीलाई कुटेको भिडियो भाईरल भएको छ । रिना केसीको तीज गीत तगारोको म्युजिक भिडियोमा उक्त दृश्य प्रस्तुत गरिएको छ ।

नमिलेको भन्दै बाबुले छोरी अर्कैसंग बिबाह गर्ने टुंगो गर्छन् । तर केटीले आफ्नी आमालाई फकाएर आफ्नो प्रेमीसंग नै रातारात बिबाह गर्छिन् । बिहे भएको केही महिनामै उनलाई घरकाले पीडा दिन सुरु गर्छन् ।
बिबाह गरेको २ बर्ष सम्म पनि उनी माईत जान पाएकी छैनन् । सासुको निरन्तर पिटाईका कारण उनी घर छोड्न बाध्य भईन् । यस प्रकारको कथा बस्तुमा आधारीत भएर तीज गीत तगारो बजारमा आएको छ । सरोज लामिछानेको शब्द तथा दिप्लभ खातीको लयमा रिना केसी र सजना बास्तोलाको स्वर रहेको छ ।
भिडियोलाई गणेश सापकोटाले छायंकन गरेका हुन् भने होम गुरुङको निर्देशन तथा सुबास अम्गाईको सम्पादन रहेका छ । हेर्नुहोस् भिडियो