यो मेलमिलापमा कसैको आँखा नलागोस्

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

शुक्रबार, भाद्र १८, २०७८ || 380  पटक पढिएको

चोकगल्लीमा जयनेपालको नारा घन्किएको छ । कांग्रेसजन एकआपसमा मित्रवत् व्यवहार गरिरहेका छन् । अधिवेशन आएकाले पनि कांग्रेसको सक्रियता बढ्दो छ । होइन सधै यस्तै भएको भए तपाईंले कांग्रेसको प्रभाव क्षेत्र भएर पनि किन निर्वाचन हार्नुभयो ?

प्रदेश सभामा सांसदका उम्मेदवार विराटनगर–१ निवासी विश्वनाथ रिजाल त्रिलोचनलाई यसबारे जिज्ञासा राख्दा उनले मुसुक्क हाँसेर छोटो जवाफ दिए, ‘हो नि !’कांग्रेसको यो मेलमिलापमा कहिल्यै कसैको आँखा नलागोस् । जब कसैको आँखा लाग्दैन तब कांग्रेसलाई हराउन कसैले सक्दैन । निर्वाचन सकिएपछि एकले अर्काको कुरा काट्ने र उछित्तो काढ्ने काम नहोस् । यो आशा गरौं । कांग्रेसको सत्रु कांग्रेस हुनु नै यो पार्टीका लागि दुर्भाग्यपूर्ण हो ।

यसपटकको अधिवेशनले कांग्रेसलाई सधैका लागि एक बनाओस् । व्यक्ति पराजित हुनु सामान्य कुरा हो पार्टी हार्नु हुन्न भन्ने मानसिकता विकास हुनु जरुरी छ । तर, यहाँनेर पार्टी भाडमे जाओस् व्यक्तिको वर्चश्व स्थापित गर्ने, गुट र उपगुटलाई चलायमान बनाउने खेल भइरहेको छ ।

कार्यकर्तालाई बत्ती बालेर खोज्नुपर्ने अवस्था आएको छ । पक्कै पनि कुनै पनि प्रजातान्त्रिक पार्टीका लागि यो सुखद कुरा होइन । कांग्रेसको यो अन्तर पार्टी संघर्षले आउँदो स्थानिय, प्रदेश र संघीय निर्वाचनमा कुनै नकारात्मक असर नगरोस् भन्ने आम शुभचिन्तक नै पार्टीका असल व्यक्ति हुन । सिद्धान्त, अनुशासन भन्दा ठूलो अनि महत्वपूर्ण कुरा कुनै पनि तहको उम्मेदवारी मात्र होइन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!