हिपमत डटकम

बिहिबार, भाद्र १७, २०७८ || 642  पटक पढिएको

नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी अभिनेत्री निशा घिमिरेको पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ ।

पार्थिब शरीरलाई आज बिहीबार विहान ८ बजे देखि ९ बजे सम्म पशुपती आर्यघाटमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो। निशाको बुधबार बेलुका ६ बजेर ५१ मिलेटमा हस्पिटलमै उपचारको क्रममा निधन भएको थियो । श्रद्धान्जलीका लागि कलाकारहरुको उपस्थिति रहेको थियो।

तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगलबार अस्पतालले जनाएको थियो ।

उनको उपचारमा ५० लाख खर्च भैसकेको समेत अस्पतालले जनाएको छ भने उनको उपचारका लागि भनेर देशबिदेशबाट आर्थिक सहयोगहरु जुटेको छ । तर, उनको निधनले सबैलाई मर्माहत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!