
म भनेको म अनुज सापकोटा होइन एक प्रतिनिधि पात्र मात्र सम्झनुहोस् ।हिजोसम्म मलाई कसैले वास्ता गर्ने थिएन । मेरो क्रियाशिल सदस्यता प्राप्ति भयो र, आज मेरो मूल्य बढेको छ । म कहाँ हरेक दिन उम्ेमदवार, आकांक्षीहरूको भीड लाग्न थालेको छ ।

घर, चोक, सडक र मोबाइलमा मेरो पिछा गर्न थालिएको छ । सायद मैले क्रियाशिल सदस्यता पाएर होला धेरैले मलाई न्यानो अभिवादनसहित जयनेपाल भन्न थालेका छन् ।
चुनावबारे अन्योल कायमै छ विराटनगरमा । तर, नचिनेका अनुहारले पन िमलाई जयनेपाल ठोक्न थालेका छन् । भोट माग्न उनीहरूले विभिन्न गोरुमुते साइनो लगाउन थालेका छन् । हैट ! मेरो भाऊ यसरी एकाएक बढेको देख्दा क्रियाशिल नपाउने मेरा अन्य आफन्तजन पनि इष्र्या गर्न थालेका छन्–मैले क्रियाशिल लिनका लागि किन कुनै प्रयास गरिनँ ?
बुथ (वडा) को निर्वाचन सकिएपछि मेरो भ्यालू आउँदो ६ बर्षसम्म रहने छैन । बुथको निर्वाचनमा मतदान गरेपछि मलाई कसैले जयनेपाल भन्ने छैन । वास्ता पटक्कै गर्ने छैनन् । यो कुरा मेले राम्ररी बुझेको छु ।
किनभने मैले क्रियाशिल लिएको पार्टी नेपाली कांग्रेस यतिधेरै स्वार्थी छ ऊ व्यक्तिगत फाइदा मात्र हेर्छ । संगठन, कार्यकर्ता, समर्थकको कुनै वास्ता छैन । तर, मलाई पार्टीको सिद्धान्त र आदर्शप्रति गर्व छ ।
यी कुरा मनन गर्दा म मनमनै हाँस्न थाल्छु । किनभने यो समयमा मेरो मूल्य बढेको छ ।