कांग्रेस यसरी नै सधैं सक्रिय हुने भए…

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

बुधबार, भाद्र १६, २०७८ || 719  पटक पढिएको

कांग्रेस चलायमान छ । चोक, गल्ली, अफिस, घर जहाँ पनि कांग्रेसको चर्चा छ । कांग्रेसीहरू अरु सारा काम छाडेर अधिवेशनको माहौलमा भुलेका छन् । जयनेपालको नारा घन्किएको छ । सोसल मिडिया, संचार माध्यममा कांग्रेस छाएको छ ।

कांग्रेस यसरी नै सधै सक्रिय हुने हो भने पक्कै पनि यो पार्टीले कुनै पराजयको सामना गर्नु पर्दैन । तर, किन कांग्रेस चुनाव सकिएपछि सुस्त हुन्छ ? किन नुन खाएको कुखुराझैं हुन्छ । चुनावमा त्यस्तो के बुटी छ जसले कांग्रेसीजनलाई सक्रिय बनाउँछ ?

कांग्रेस मासबेस पार्टी हो भनिन्छ । कांग्रेस एक समुन्द्र हो रे ! थाहा छैन के हो तर, थाहा छ यो एक ऐतिहासिक पार्टी हो । नेपालको पुरानो दल, हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रमोर्चामा उभ्याएको पार्टी हो कांग्रेस । जबजब संकट आउँछ देशमा अनि कांग्रेसको भूमिका देखिन्छ ।

तर, चुनावमूखी संगठनले मात्र अब कांग्रेसलाई बलियो बनाउने छैन । यसका लागि अनुशासन, सिद्धान्त, पार्टीप्रतिको बफादारिताको स्कुलिङ अनिवार्य हुनु जरुरी छ । जबसम्म यो पार्टीमा संगठनप्रतिको माया हुँदैन, अनुशासनमा बाँध्न सक्दैन तब यो पार्टी हेर्दा देखिने तर, भित्रभित्रै खोक्रो भएको पुष्टि हुनेछ ।

अधिवेशनपछि कांग्रेसले कांग्रेसलाई नै तथानाम गाली गरेको देख्न पाउनु हुनेछ । यो अनुशासन होइन, कांग्रेसको चरित्र यो हुनुहुन्न । अधिवेशन एक सामान्य प्रक्रिया हो र, संगठन सबैभन्दा बढी महत्वपूर्ण हो, अनुशासन प्रमुख कुरा हो भन्ने कांग्रेसीजनले बुझ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!