टिकटकले गर्नु गर्यो

नरिसाउनुस् है

बुधबार, भाद्र १६, २०७८ || 443  पटक पढिएको

टिकटक अहिले सर्वाधिक चर्चामा छ । मनुवाले शौचालयमा विष्टा त्याग गर्दा पनि टिकटक बनाएर रमाइलो गर्न थालेका छन् । अब बनाउन बाँकी टिकटकको के कुरा गर्नु ?

केही दशकअघि सम्म एउटा बाकसजस्तो भाडोमा दिल्लीका कुतुरमिनार देखो, आगराका किल्ला देखो, वृन्दावनका निधि वन देखो, शोलेकी वसन्ती हेमामालिनी से मोज लुटो, अमिताभ बच्चन और जया भादूडीका साइज देखो भनेर एक आँखा चिम्लिएर अर्को आखाको ज्योती तेज बनाउने हाम्रा लागि टिकटक निकै सरल र रोमाञ्चबारी बनिरहेको छ ।

टिकटक अर्थात् आफै पात्र, निर्देशक । कति सरल समय आयो ! वाह ! सूचना र प्रविधिको अधिकतम् विकास !
एउटा मोबाइल र इन्टरनेटको सर्वशुलभताले समाजलाई नै नसामा चूर बनाउन थालेको छ । हातमा मोबाइल छ, श्राद्ध गर्दा पनि टिकटक बनाउने देखिएका छन् । रुद्री र सत्यनारायण पूजा गर्दा त सामान्य कुरा नै भयो ।

खाना खाएको टिकटक त सामान्य कुरा नै भए । कसैलाई बोलाएर गफ गरेको पनि टिकटक ।
हालैकौ एक दिन मोबाइलमा घोत्लिरहँदा एक गज्जवका मनुवा देखा परे । उनका बाबुको मृत्यु भएको रहेछ । युवाले टिकटक बनाए र पृष्ठभूमिमा गीत बजिरहेको थियो–कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो…।
खादा, बस्दा, उठ्दा, हिड्दा जे जस्तो अवस्थामा पनि यसो मोबाइल झिक्यो अनि टिकटक बनायो । घुम्दा टिकटक बनाउने कुरा त कति हो कति !

तर, यो टिकटकले धेरैको ज्यान लिएको छ । टिकटक बनाउने नाममा कोही पहाडबाट खसेका छन्, कोही झोल्ङ्गे पुलबाट झरेर मरेका छन् । कोही टिकटकको नसामा यसरी लिप्त छ मानौं उनीहरू समाजका सेलिब्रेटी नै हुन र, टिकटकबाहेक यो संसारमा केही छैन ।
यसो कतै निस्कियो टिकटक ठोकिहाल्यो । हात हल्लायो टिकटक बनायो, खुट्टा चलायो टिकटक बनायो । कम्मर मर्कायो टिकटक पोष्ट गरिहाल्यो । अनि यति कमेण्ट आयो, फलानोले कस्तो राम्रो भने, फलानोले नेगेटिभ कमेण्ट गरे भनेर बेतुकको गफले समय कटायो । अहिले समाज यसरी नै अघि बढेको छ ।

एक युवा घुम्न गएका थिए । उनले सुनसरीतिर गएर टिकटक बनाउन थालेछन् । गाडी यसो साइड लगाएर जंगलको दृश्यमा टिकटक बनाउन थालेको गाडी लक गर्न विर्सिएर भित्र रहेको हजारौं रुपैयाँ चोरी भएछ । पंक्तिकारले सोध्यो, ‘कति रुपैयाँ थियो ?’ उनले जवाफ दिए, ‘२३ हजार रुपैयाँ मात्र थियो ।’
अब त चोरले पनि थाहा पाइसक्यो टिकटक बनाउनेलाई मज्जाले लुट्न सकिन्छ । टिकटकको नसामा लिप्त भएकाहरूले अरु केही ध्यान दिन्नन भनेर चोरले बुझेको हुनुपर्छ ।

कुनै पनि चिजको निश्चित समय हुन्छ । यो बेला टिकटकको समय छ । थाहा छैन यो समयलाई टिकटकले कहिलेसम्म मोहनी लगाउने हो ? तर, अति चैं गर्नुहुन्न है ! कुनै पनि चिजको सीमा, घेरा र समय हुन्छ । धेरै गुलियो खानुभयो भने मुख नै तितो हुन्छ । यो त सत्य कुरा हो नि ! र, पनि टिकटकका नाममा देखिएको विकृतले समाजलाई नकारात्मकतातर्फ डोहो¥याएको छ ।
हो, टिकटक भित्र रोमाञ्चकता पनि छ । जीवन्त केही कुरा पनि आउँछन् । तर, टिकटकलाई मजाकको माध्यम बनाउनेले यसमा विकृती थपेका छन् र, विविध समस्या सुरु भएका छन् ।

एक मित्रले भने, ‘धेरै टिकटक बनाउनेको आयु लामो हुन्न, यो कुरा मैले विभिन्न व्यक्ति र परिवार हेरेर थाहा पाएको हुँ ।’ मित्रको कुरामा कति दम छ थाहा भएन तर, धेरै देशले टिकटक विकृतीको बाहक बनेको भन्दै प्रतिबन्ध नै लगाएका छन् ।
कुनै पनि माध्यम नराम्रो हुन्न तर, यसलाई नराम्रो पारिन्छ । टिकटक नराम्रो होइन तर, यसलाई नकारात्मकतातर्फ डोहो¥याइएको छ । पक्कै पनि यसबाट आम सर्वसाधारण सचेत हुनैपर्छ । टिकटक बनाउने व्यक्तिगत अधिकार सबैमा सुरक्षित हुनसक्छ तर, यसबाट हुने क्षतिले भने समाजलाई नै परास्त गर्छ । यो कुरा कसले बुझ्ने भन्या ? कसलाई बुझाउने र सम्झाउने ?

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!