हिपमत डटकम

मंगलबार, भाद्र १५, २०७८ || 714  पटक पढिएको

नागरिकता पिडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । जिल्ला प्रशासन कार्र्यालय मोरङ अगाडि समितिले उमेर पुगेका नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र दिनुपर्ने भन्दै प्रर्दशन गरेको थियो ।

प्रदर्शनकारीहरूले नागरिकता विद्येयक पारित गर, हाम्रो पहिचान कायम गर, हामीलाई नागरिकता खोई त सरकार ? लेखेको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । संघीय संसदमा विचाराधीन रहेको नागरिकता सम्बन्धि विधेयकलाई अलपत्र पार्न खोजिएको समितिका पदाधिकारीहरूको भनाई छ ।

नागरिकताको अभावमा अधिकांश युवाहरु उच्च शिक्षा र रोजगारीबाट समेत बन्चित हुँदै गएको नागरिकता पिडित संघर्ष समितिका मोरङ जिल्ला अध्यक्ष अजय पोद्दारले बताए । ‘सरकारले चुुनावका बेला मात्रै नागरिकता विधेयक सम्झँँदै आएको छ’ पोद्दारले भने ।

जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनेगरी नागरिकता अध्यादेश जारी गरेकी थिईन् । ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ राष्ट्रघाती रहेको भन्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!