हिपमत डटकम

मंगलबार, भाद्र १५, २०७८ || 1096  पटक पढिएको

प्रेम देवान

साउनको पहिलो हप्तादेखि नै माटोको मुर्ति बनाउन व्यास्त कलाकारलाई सोमबारको दिन थप भ्याई नभ्याई थियो । सोमबार कुष्णजन्माअष्टमी भएकाले राती १२ बजेसम्म कलाकार कृष्ण भगवानको मुर्ति तयार गर्न ब्यस्त देखिन्थे ।

साउनदेखि नै हिन्दूधर्मालम्वीको चाड सुरु हुन्छ । विराटनगरमा रहेका अधिकांश मुर्तिकार व्यस्त हुन्छन् । तर गत बर्षदेखि आफुहरूको पेशामा पनि कोरोना महामारीको असर परेको मुर्तिकार बताउँछन् ।

कोरोनाले भिडभाड तथा भेला भएर पुजाआजा नगर्नु भनेपछि मुर्ति बनाउने कुरै भएन । यस भन्दा अगाडि ५० वटा सम्म माग आउथ्यो तर, यसपटक भने आधा पनि भएन । विराटनगर १२ तालिम केन्द्रपथका मुर्तिकार पवन महतोले भने, ‘यस्तो संकट कहिल्यै थिएन ।’
अझ त्यस माथि १० दिनदेखिको निरन्तरको झरीले मुर्ति बनाउन र तयारी पूरा गर्न सकस भएको अनुभव सुनाए महतोले ।

२ दशकदेखि माटोको मुर्ति बनाएर जिविकोपार्जन गर्दै आएका विराटनगर–१३ सैनिक टोलका ४३ बर्षिय विजय महतोको उस्तै पिडा छ । गएको बर्षदेखि कोरोनाले काम नै भएन । सरकार र बैंकहरू आफुजस्ता साना कला व्यवसायीका लागि कुनै राहत नदिएको महतोले गुनासो गरे ।

माटोबाट बनेका मुर्ति १ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छन् । विराटनगरको दक्षिणी क्षेत्र सैनिक टोल उत्तरी तीनपैनी, बरगाछी, हाटखोला क्षेत्रमा रहेका मुर्तिकार यतिबेला केही आशाका साथ दसैं–तिहार र छठ पर्व लक्षित मुर्ति बनाउन लागिपरेको छन् । विश्वकर्मा, दुर्गा, आनन्द, छठ पर्वका लागि मुर्ति बनाउन पाए भोको पेटलाई राहत हुनसक्ने मुर्तिकार प्रेम महतोले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!