मंगलबार, भाद्र १५, २०७८ || 562  पटक पढिएको

एक आमा १८ बर्षदेखि छोरा खोज्दै भौतारिरहेकी छन् । रतुवामाई वडा नंं. ५ गोविन्दपुरकी तुलसा दंगाल विराटनगर पढ्न बसेको छोरा गोपाल दंगाललाई राज्यले बेपत्ता पारेपछि दिनचर्या नै फेरिएको छ । तुलसाको अधिकांश समय छोरो खोज्नैमा वित्छ ।
०६० असोज १० गते विराटनगरको पुरानो पुनरावेदन अदालतको पश्चिम दक्षिण छेउबाट डेरा घर घेराउ हाली प्रहरीले पक्रिएर गोपाललाई लगेको र त्यसदिनदेखि उसको अवस्था बारे केहि थाह नभएको तुलसाको भनाई छ ।

गोपाल २५ वर्षको उमेरमा पक्राउ परेको आमा तुलसाले बताइन् । गोपाललाई कुन कारणले प्रहरीले बेपत्ता पा¥यो त्यो तुलसालाई केहि थाह छैन । गोपालले आफू कुनै राजनीतिक पार्टी वा भूमिगत अवस्थामा रहेको वा नरहेको बारे केहि पनि परिवारलाई जानकारी कहिले नगराएको तुलसाको कथन थियो ।

छोराको अत्तोपत्तो केहि थाह छैन तुलसालाई । छोरा जिउँदो छ की मरेको छ भन्ने पनि कुनै जानकारी कुनै निकायबाट तुलसाले पाउन सकेकी छैनन् । तुलसालाई छोरा गोपाल जस्तोसुकै अवस्थामा भएपनि मुख हेर्ने चाहना छ । छोरा खोज्नैका लागि उनी घरी चितवनदेखि इलामहुँदै पुरै नेपालको फन्को मारिसकिन् । सरोकारवाला निकायसामु कैयौं पटक हारगुहार गरेपनि कसैले पनि हाल छोरा कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने कसैले बताउन सकेका छैनन् ।

तुलसाले छोरा पाउने आस अझै मारेकी छैनन् । छोरा हराएको १८ वर्ष वितिसक्दापनि तुलसालाई जस्तोसुकै हालतमा भएपनि छोरो हेर्ने इच्छा छ । तीन छोरामध्येका माइलो छोरा गोपाल तत्कालिन माओवादी सशस्त्र द्वन्द्वको बेला हराएका थिए । आमा तुलसाका अनुसार गोपाललाई विराटनगरको डेराबाटै कलेज पढ्दा पढदै राज्य पक्षले पक्राउ गरेर लगेको थियो । पक्राउ गरिएको दिनदेखि गोपाल वेपत्ता बनेका थिए । २०५२ सालबाट माओवादीले सशस्त्र द्वन्द्व संचालन गरेको थियो जुन १० वर्षभन्दा बढी चलेको थियो ।

तुलसा भन्छिन्, ‘छोराको अत्तोपत्तो केहि छैन, मरेको जिउँदो केहि थाह छैन ।’ छोरा बेपत्ता भएपछि कतै प्रहरीले लुकाएर राखेको छ की भन्दै जिल्लाभर खोज्दै तुलसा हिँडेकी छिन् ।

वेपत्ता छोराको पीरले ०६२ सालमा गोपालको बुवाको मृत्यु भयो । त्यसपछि एक्लै छोरो खोज्ने विडो थामेको तुलसाले थामिन । तुलसाले आफू जीवित रहुञ्जेल छोरो खोज्न जस्तोसुकै पाइला चाल्नु पर्ने भएपनि चाल्ने अठोट गर्छिन् ।

वेपत्ता परिवार समाज नेपालका अध्यक्ष रूपेश शाहले न्यू सृष्टि दैनिकसँग कुरा गर्दै राज्य र तत्कालिन माओवादीबाट मोरङमा २२ र सुनसरीमा २२ जना वेपत्ता बनाइएको बताए । उनले वेपत्ताहरू मारिएको वा नमारिएको टुंगो राज्यले दिनु पर्ने बताए ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!