हिपमत डटकम

सोमबार, भाद्र १४, २०७८ || 556  पटक पढिएको

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ । नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै यस्तो तयारी गरेको हो ।

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको भेटपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । यसैक्रममा नेकपा (एस) ले पनि सरकारमा पठाउने नेताहरूको नाम छनोट तयारी गरेको हो। नेकपा (एस) ले ५ देखि ६ मन्त्रालय पाउने सम्भावना छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो भने लागिसकेको छैन। छलफलबाट मन्त्रालय बाँडफाँटको टुंगो लगाइनेछ । नेता नेपालले नयाँ सरकार बनाउन सहयोग गरेका कारण उनको पार्टीलाई ६ वटासम्म मन्त्रालय दिन दाहाल र देउवा तयार भएका छन्। जनता समाजवादीसँग छलफल गरेपछि यसको अन्तिम टुंगो लाग्नेछ ।

नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले दलको नेतामा नेपाललाई सर्वसम्मत चयन गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!