गणेश कुमार ठाकुर

सोमबार, भाद्र १४, २०७८ || 668  पटक पढिएको

सिरहा। ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा साईकल वितरण भएको हो । बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैया नगरपालिका वडा नं.५ स्थित रहेको श्री मोहन नमुना माध्यमिक विधालय(प्र.)मा अध्यनरत कक्षा ९ का ८९ जना छत्रा बिधार्थीहरूलाई साईकल वितरण गरिएको हो ।

साईकल वितरण कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबले भने महिला र पुरुष बीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने हो ।

देशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । महिला शिक्षित नभएसम्म देश शिक्षित नहुने धारण राखे । मिर्चैया नगरपालिकाका नगर प्रमुख यादबले देशलाई विकसित गर्न सबैले महिला शिक्षामा जोड दिनुपर्ने बताए ।

उक्त कार्यक्रमका मिर्चैैया नगरपालिकाका नगर प्रमुुख श्रवण कुमार यादव, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्व,समाजवादी पार्टि नेपालका यूवा नेता विष्णु साह, श्री मोहन नमुना माध्यमिक विधालय(प्र.)का प्र.अ.अशोक कुमार यादब,मिर्चैया नगरपालिका वडा नं.५का वडाअध्यक्ष धिरेन्द्र कुमार साह,समाजसेवी प्रभात सिंह,ज.स.पा.का नगर अध्यक्ष जीमि यादबलगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभाव, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!