हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 653  पटक पढिएको

काठमाडौंँ । ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि काठमाडौ चावहिलकी उर्मिला कार्कीले जितेकी छन् । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शिर्ष सहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइ, बेष्ट हेयर उपाधि समेत हात पारिन् । विजेता उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’ नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

सामाजिक दुरी कायम गर्दै ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हालमा सम्पन्न प्रतियोगीतामा फस्ट रनर अपको उपाधि रमिता यादब र सेकेन्ड रनरअपको उपाधि सरिता श्रेष्ठले जिते । रमिता मस्ट डिसिप्लेन उपाधि समेत जित्दा सरिताले बेस्ट र्याम्प वाक, फिगर र फोटोजेनिकको उपाधि हात पारिन् ।

विजेतालाई पूर्व महिला बालबालिका तथा जेस्ठ नागरिक मन्त्री चन्दा चौधरी, अभिनेता धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष एवम् अधिवक्त प्रीति कार्कीलगायतले उपाधि र प्रमाणपत्र प्रदान दिएका थिए । प्रतियोगितामा बवी शाह बेष्ट स्माईल, रंगलक्ष्मी फुयाँल बेस्ट स्किन, मलिसा शर्मा फेसबुक च्वाईस, शान्ति मगर लिम्बुले मिसेस ब्युटीफुल, सुनिता श्रेष्ठ बेष्ट फिगर, अन्जना खड्का बेस्ट डान्स, शोभा शाही बेष्ट कन्फिडेन्ट चुनिए ।

गत बैशाखमे आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण अहिले आयोजना गरिएको हो । कार्यक्रममा रोकिएको ट्यालेन्ट राउण्ड पनि आयोजना भएको थियो । जसको निर्णायकमा अभिनेता तुलसी प्रसाद श्रेष्ठ, गायिका भावना आचार्य, अभिनेता प्रेम पाण्डे, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस गीता पौडेल, र चलचित्र निर्देशक मधुसुदन मट्टराई रहेका थिए ।

सो कार्यक्रममा चलचित्र निर्देशका उमेश गुरुङ राष्ट्रिय निर्देशक सम्मान, पेजेन्ट निर्देशक नीशुकान्त झालाई राष्ट्रिय पेजेन्ट निर्देशक सम्मान, मेकअप आर्टिस विना राना मगरलाई राष्ट्रिय मेकअप आर्टिस सम्मान र, गीतकार डब्बु क्षत्रीलाई राष्ट्रिय गीतकार सम्मान, फेसन डिजाइनर दिलमाया मगरलाई राष्ट्रिय फेसन डिजाइनर सम्मानबाट सम्मानित गरिएको छ ।

सोही कार्यक्रममा अश्विनी झाको कोरियोग्राफीमा फाइनल स्पर्भा समेत आयोजना भएको थियो । जसको निर्णायकमा मानव अधिकार परिषदका नेपालका अध्यक्ष तुलसी थापा, अभिनेता प्रदीप बास्तोला, अभिनेता विकाश चापागाई, संगीतकार सरोज प्याकुरेल, अभिनेत्री साक्षी लम्साल, मिसेज इन्टरनेशनल एशिया प्यासिफिक चन्दा थापा गिरी, मेकअप आर्टिस्ट गीता शाह, फेसन डिजाइन अमिता झा, चलचित्र निर्देशक ऋषीराज आचार्य लगायत रहेका थिए ।

महिलाहरुमा अत्मविश्वास बढाउँदै उनीहरुको व्यक्तित्व विकाश सहित नेपालको प्रतिनिधित्व अन्तराष्ट्रिय क्षेत्रमा बढाउन कार्यक्रमले सहयोग पुग्ने कार्यक्रम संयोजक आकाश गिरीले बताए । प्रतियोगीताको यो तेस्रो संस्करण हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!