पूर्वाञ्चल विश्वविद्यालयको विकासमा कर्मचारी तन्त्र बाधक बनेको छ ।
वर्षौदेखि विभिन्न शाखा कब्जा गरेर कर्मचारी तन्त्रले मनपरी तरिकाले आफुखुसी काम गर्दा अनियमितता बढेको छ । यसरी फाँट कब्जा गरेर अनियमितता गरिरहेका कर्मचारीहरूलाई हटाउन पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघले जोरदार माग गरेको छ ।
कर्मचारीतन्त्रले राखेको माग बमोजिम भदौ १६ गतेदेखि पूर्वाञ्चल विश्वविद्यालयको पदाधिकारीदेखि कर्मचारीसम्म छलफल र बहस गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार नीलमणी पोखरेल, प्रशासन प्रमुख फणिन्द्र गौतम र आर्थिक प्रमुख खगेन्द्र ढकालको मिलोमतोमा ०७७÷०७८ को असार मसान्तको क्लोजिङ्गको बेलामा एकैदिन १ करोडभन्दा बढी सामग्री खरिदको विषयमा संघले सत्यतथ्य छानबीन गरेर अनियमिततामा दोषी ठहरिएकालाई अविलम्ब बर्खास्त गर्न माग गरेको छ ।
असार मसान्ततिर एक दिन एक कर्मचारी अनुपस्थित रहँदा अर्कै कर्मचारीलाई भर्ना गरेर कार्यवाहक दिइ एकै दिन पोखरेल, गौतम र ढकालले मिलोमतोमो एकैदिन करोडभन्दा बढीको सामग्री खरिद गरेर अनियमितता गरेको अरोप छ ।